कवि तथा गीतकार अमर बान्तुले एकल कविता साँझ कार्यक्रममा गुञ्जिए (भिडियो सहित)
काठमाण्डौं । कवि तथा गीत गजलकार अमर बान्तावा राई बिहिबार एकल कविता साँझ कार्यक्रममा गुञ्जिएको छ । स्मार्ट माइक्रो रिसर्चले राजधानी काठमाण्डौंमा आयोजना गरेको एकल साँझ कार्यक्रममा कवि तथा गीतकार अमर गुञ्जिएको हो ।
कविता लेखन कलाको रूप र साहित्यको एक विधा हो। कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाईन्छ। छन्द मिलेको कवितालाई “पद्य कविता” भनिन्छ भने छन्द नमिलेको कवितालाई “गद्य कविता”भनिन्छ।
कवि राईले आफ्नो प्रकाशित रोचक कृतिहरु वाचन गरेर साहित्यक स्रष्टाहरुलाई सुनाएका थिए । विभिन्न गीत संगीत तथा साहित्य जगतका व्यक्तित्वहरुको वाग्लो उपस्थिति रहेका थिए । कार्यक्रममा आयोजकले कवि आमर राईसँगै उहाँका सम्पूण परिवारलाई नै दोसल्ला सम्मान पत्र सहित अभिनन्दन गरेका थिए ।
आफ्नै मौलिक परिबेशमा लेख्ने कबी बान्तु हुन । सिङ्गो नेपाली कविताको इतिहासमा विभिन्न धारा र प्रवृत्तिका कविताहरू सिर्जना गरिएको पाइन्छ । एउटा कालको मूल प्रवृत्ति पूरै परिवर्तन भएपछि वा प्रमुख प्रवृत्ति गौण भएपछि अर्को काल प्रारम्भ हुन्छ ।
प्रवृत्तिगत प्राधान्यका आधारमा कविताको इतिहासलाई भिन्नभिन्न कालमा विभाजन गरिए पनि एउटा समयावधिका प्रवृत्ति अर्को समयमा पनि केही न केही मात्रामा देखापर्न सक्छन् । आज पनि वीर, भक्ति, शृङ्गार र शास्त्रीयतावादी भावधाराका कतिपय कविताहरू लेखिएको पाइन्छ, तर आजको मूल प्रवृत्ति त्यो होइन । साहित्यक स्रष्टा तथा अभियानकर्ता वम वानियाले कार्यक्रमकोको सभापती थिए भने स्मार्ट माईक्रो रिसर्चले आयोजना गरेको थियो । करिब ३०० को हाराहारीमा सहभागीहरुले हल खचाखच भरिएको थियो ।