विवाह अघि यौन सम्बन्ध राख्न प्रतिबन्ध लगाइएको विधेयकको विरोध गर्दै व्यापक प्रदर्शन,प्रहरीद्वारा अश्रुग्यास प्रहार
जकार्ता । इण्डोनेसियामा विवाह अघि यौन सम्बन्ध राख्न प्रतिबन्ध लगाइएको विधेयक संसदमा प्रस्ताव गरिए पछि संसद भवन बाहिर व्यापक प्रदर्शन भएको छ । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास र पानीको फोहराको प्रयोग गरेको छ । सो विधेयकका विरुद्धमा अन्य सहरहरुमा पनि प्रदर्शन भएको छ । विधेयकले गर्भपतनलाई पनि अवैध भनेको छ । विधेयकलाई ढिला गरिएको भए पनि कुनैबेला आउन सक्ने भन्दै प्रदर्शन गरिएको प्रदर्शनकारीले जनाएका छन् ।
सो विधेयकमा विवाह अघि यौन सम्पर्क गरेमा १ वर्ष सम्म जेलको सजाय तोकिएको छ । विवाहअघि नै लिभिङ्ग टुगेदरको सम्बन्ध भएमा ६ वर्ष जेल हुने तथा गर्भपतन गराएमा बढीमा ४ वर्ष सम्मको जेल सजायको व्यवस्था गरिएको छ। सो विधेयकमाथि मंगलबार मतदान हुने भनिए पनि राष्ट्रपति जोको विदोदोले शुक्रबार सम्मका लागि स्थगित गरेको बीबीसीले जनाएको छ ।