Logo

किरात राष्ट्रिय मुक्ति मोर्चाको वैठक ४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न : किरात प्रदेश नामकरण सम्भव छ- मा. राई


– मान्सुङ चाम्लिङ

पूर्व नेकपा माओवादी केन्द्रसँग आवद्ध संगठन किरात राष्ट्रिय मुक्तिमोर्चाको तेस्रो वैठक प्रदेश नम्बर १ को सुनसरी जिल्लाको धरानमा असोज ४ र ५ गते सम्पन्न भएको छ । मोर्चाको वैठकले ४ बुँदै घोषणापत्र जारी गर्दै यसलाई कार्यान्वयन गर्ने योजनाका साथ अगाडी बढ्ने अध्यक्ष राजन किराती (बासु) ले बताउनु भयो ।

उक्त वैठकमा किरात प्रदेश नामाकरण र महत्वको बारेमा गरिएको गोष्ठीमा विषयमा विज्ञद्धारा प्रस्तुतीरकण र यसको औचित्य र सम्भाव्यताको बारेमा मोर्चाको फ्याक्सन इन्चार्ज तथा नेकपा केन्द्रिय सदस्य माननीय सुरेश कुमार राई (क.हिमाल) ले स्पष्ट पार्नु भएको थियो ।

प्रदेश १ लाई किरात प्रदेश नामकरणको लागी प्रदेश सरकारको सभामुख, उपसभामुख लगायत अधिंकाश सांसदहरु र राजनीतिक नेताहरु सकारात्मक रहेकोले आवश्यक पहल र समन्वय गर्दा किरात प्रदेश नामकरण हुने राईले सुझाएका छन् । वैठकद्धारा पारित गरिएको घोषणापत्र निम्न रहेका छन् ।

१. प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषणा गर्न प्रदेश एकमा रहेका विभिन्न क्रियाशिल राजनीतिक तथा सामाजिक संगठनहरु लिम्बुवान मोर्चा, कोचिला मोर्चा, किराती मोर्चा, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा लगायत सरोकारवाला र अधिकारवालाहरु सबैसँग समन्वय छलफल अगाडी बढाउँदै सम्बन्धित निकायमा समन्वय गर्ने ।

२. किरात राष्ट्रिय मुक्तिमोर्चा र किरात राई लोकतान्त्रिक संघबीच एकता अविलम्ब एकता गर्न आवश्यक पहल गर्ने ।

३. किराती जनताको न्याय स्वतन्त्रता, समानता, समता, अर्थपुर्ण समानुपातिक प्रतिनिधित्व, पहिचान र किरात स्वायत्ततता किरात प्रदेश स्थापनाको लागी निरन्तर डटि रहने ।

४. संविधानले दिएको अधिकार आरक्षण कटौती माथि भएको “कु” को विरुद्ध संर्घष गर्ने । साथै संविधानमा भएको अधिकार कार्यान्वयन गर्न आवश्यक पहल गर्ने ।

कम्युनिष्ट पार्टीहरु तिब्र रुपमा एकता भईरहँदा एकता हुन बाँकी रहेको किरात राष्ट्रिय मुक्ति मोर्चा र पूर्व एमालेसँग आवद्ध भएको किरात राई लोकतान्त्रिक संघ एकताको लागी चरणवद्ध वैठकहरु सम्पन्न भइरहेको छ । यसै क्रममा एकतासँगै कार्ययोजनाहरु पनि अगाडी बढाइएको मोर्चाको महासचिव अर्जुन जुम्लेलीले बताए ।

कार्यशाला तथा वैठकका नेकपा अन्र्तगतको आदिवासी जनजाति महासंघको संयोजक तथा नेकपा केन्द्रिय सदस्य सुरेश आलेमगरको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्