Logo

बोइङ्गले ७३७ म्याक्स दुर्घटनाका हरेक मृतक परिवारलाई १ लाख ४४ हजार डलर दिने


वाशिङटन । अमेरिकी विमान कम्पनी बोइङ्गले बोइङ्ग ७३७ म्याक्सको दुर्घटनामा मृत्यु भएका यात्रु हरेकका परिवारलाई १ लाख ४४ हजार ५०० अमेरिकी डलर उपलब्ध गराउने भएको छ । सो रकम बोइङ्गले गएको जुलाई महिनामा घोषणा गरेको ५० मिलियन आर्थिक सहयोग कोषबाट प्राप्त हुने जनाइएको छ ।

सो कोषले अहिले उक्त रकमको दाबी स्वीकार गर्न थालेको जनाइएको छ । पीडित परिवारका वकिलहरुले सो कोषलाई सार्वजनिक खपतका लागि हल्ला गरिएको भनेर पहिला आलोचना गरेका थिए ।

१५ जना परिवारको प्रतिनिधित्व गर्ने टेक्सासस्थित वकिल नोमान हुसेनले १ लाख ४४ हजार डलर क्षतिपूर्तिका लागि कम भएको जनाएका छन् । यसले परिवारका सदस्यलाई खुसी पार्न नसक्ने उनको तर्क रहेको छ । सो सिरिजको विमान गएको मार्च महिनादेखि ग्राउण्डेड छन् ।

सो कम्पनीका दुई वटा विमान इण्डोनेशिया र इथियोपियामा दुर्घटनामा परेका थिए । जसमा ३४० जना मानिसको मृत्यु भएको थियो । इथियोपियामा भएको दुर्घटनामा १ जना नेपाली युवतीको पनि मृत्यु भएको थियो ।
(बीबीसीमा आधारित)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्