Logo

“देश विकासमा पछि पर्नुको मुल कारण ठेकेदार र विप्लव नामका समूह हुन”: प्रधानमन्त्री ओली


प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सरकार नयाँ संकल्पका साथ अघि बढेको बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको आइतबार बसेको ४६ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको तीव्र गतिको चरणमा देश प्रवेश गरिसकेकाले सबै पक्ष रचनात्मक ढंगले अघि बढ्न निर्देशन दिएका हुन् ।

राजनीतिक संरक्षणका बलमा निर्माण सम्बन्धी ठेक्का दिने परिपाटी विगतमा रहेको र त्यस्ता कमजोरीले देश पछि परेको भए पनि अब त्यस्तो परिस्थिति नरहने प्रधानमन्त्री ओलीले प्रष्ट पारे । समयमा काम सम्पन्न नगर्ने ठकेदारलाई अब मौका नदिइने प्रधानमन्त्रीको भनाइ छ ।  अन्तिम मौका पनि गुमाउने निर्माण व्यावसायी सँग कडाइ गर्दै ठेक्का तोड्ने मात्र होइन, त्यस्तालाई दण्डित गर्ने र क्षतिपूर्ति भराएर भविष्यमा समेत अयोग्य ठहरिने गरी कालो सूचीमा राख्नुपर्ने उनको भनाइ थियो ।

“त्यस्ता ठकेदारका कारण देश कति समय पछाडि पर्यो ? बाटो घाटोको अभावमा सामाजिक जागरण र आम -जनताको सुविधाको विषय कति पछि पर्यो ?,” बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए । कुखुराको माऊले पखेटामुनि संरक्षण दिएपछि चीलले समेत चल्ला समात्न नसक्ने दृष्टान्त दिँदै प्रधानमन्त्रीले अब ठेकेदारहरुलाई राजनीतिक संरक्षण दिएर जोगाउने अवस्थाको अन्त्य हुने स्पष्ट पारे ।

“जनताले हाम्रो पार्टीलाई ठूलो अपेक्षाका साथ बहुमत दिएका छन्, यो सरकार जनताको आकांक्षा पूरा गर्नै पर्ने विशेष अवस्थामा अगाडि बढिरहेको छ,” प्रधानमन्त्री ओलीले भने । जनता आफैं तत्पर नभए देश बन्दैन भन्ने कुरा जनतालाई नै बताएर समृद्धि तर्फ अघि बढ्न प्रेरित गर्नुपर्ने बताउँदै प्रम ओलीले आम जनताबीच जागरणको लहर सृजना गर्नुपर्ने बताए ।

“हामीले पपुलिस्ट काम होइन, दीगो विकासका काम गर्नु पर्दछ । हामीले आम -जनताकाबीच जागरणको लहर श्रृजना गर्नु पर्दछ,” उनको भनाइ थियो । हिंसा फैलाउन खोज्ने र गाउँ गाउँमा गएका विकासको बजेट लुट्ने विप्लव नामका समूह हामीले चाहेको विकासका वाधक हुन् भन्दै प्रधानमन्त्री ओलीले वातावरणको विनाश नहुने गरी विकासका गतिविधि बढाउन जोड दिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्