सोमबार चिनियाँ उच्च अधिकारी नेपाल आउँदै

चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको आगामी नेपाल भ्रमणलाई केन्द्रमा राखेर अर्का १ जना उच्च चिनियाँ अधिकारी सोमबार नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ्ग ताओ सोमबार काठमाडौं आइपुग्ने सत्तारुढ नेकपाका विदेश विभाग उप -प्रमुख विष्णु रिजालले बताए ।
उनको भ्रमण दलमा रहेका केही सदस्यहरु भने शनिबार नै काठमाडौं आइसकेको रिजालले जानकारी दिएका छन् ।