लेख फेशन ! फेशन !!

Breaking News विचार/ब्लग

-इन्द्रकुमार श्रेष्ठ सरित्

सबै मानिसमा सुन्दर देखिने चाहना हुन्छ । शिक्षित,अशिक्षित,शहरिया वा गाउँले जोसुकै भए पनि आफूलाई राम्रो देखाउने वा आफूलाई राम्रो भनाउने चाहना सबैमा हुन्छ । त्यसैले नमिठो खाएर पनि मानिसले एकजोर लुगा राम्रो नै लाउन खोज्छ । मानिसले राम्रो लाउनु र मिठो खाने चाहना राख्नु स्वाभाविक नै हो । यसैलाई लिएर हाम्रो समाजमा विभिन्न भनाई वा उखानटुक्काहरु नै पनि बनेका छन् । राम्रो लाउने र मिठो खाने चाहनाले गदाॅ नै आय आजॅनका लागि मानिसले बसाइँसराईदेखि परिवारबाट टाढा रहदै वैदेशिक रोजगारमा समेत जाने चलन सुरु भयो । यही रहर बाध्यता बनेर अघि आउँदा आवश्यकता पूतिॅ गनेॅ क्रममा वैदेशिक रोजगारमा जाने आज पुरुषमात्र हैन महिला पनि उत्तिकै छन् ।

बिज्ञान र प्रविधिको विकासले संसार साँघुरिदै गएपछि फेशनको दुनियाँमा पनि कहाँ के भइरहेको छ भनेर सजिलै थाहा पाउन थालेपछि त मान्छेले आफूलाई आवश्यकताभन्दा अलि बढी नै स्याहानॅ वा सिंगानॅ थालेको उदाहरण जताततै देखिन्छन् ।

इन्टरनेटको पहुँच भएको स्थानमा संसार साँघुरिएर मोबाइल,ल्यापटप, डेस्कटप वा टेलिभिजनको पदाॅमा अटाएपछि फ्रान्स होस् कि यूएसए,बैंकक होस् कि मुम्बई, जापान होस् कि कोरिया अथवा काठमाडौ,धरान वा पोखरा जहाँ भए पनि यसबेला आफूलाई स्याहानेॅ र सिंगानेॅ महिला वा पुरुषहरुको शैली करिब करिब उस्तै देखिन्छ । उस्तैउस्तै डिजाइनका पहिरनले गदाॅ सबै दैशका नागरिक कुनै फ्याक्ट्रीको ठूलो उत्पादनजस्ता देखिन्छन् आजका युवा पिंढी । पछिल्लो समयमा नेपालका युवा पिंढीमा कोरियन चलचित्र र फेशन सरुवा रोगझै छिटोभन्दा छिटो फैलिरहेको छ र लोकप्रिय पनि भइरहेको छ ।

हामी जुन समाजमा बाँचिरहेका छौ आफूले पछ्याएको फेशन त्यो समाजका लागि कत्तिको स्वीकायॅ होला भन्ने मनन गरेर छनौट गरिएको पोशाकले मानिसलाई कहिल्यै धोका दिदैन र उसलै दैनिक जीवनमा र भोज, सभा, सम्मेलन आदिमा पनि हाँसोको पात्र बन्नु पदैॅन । त्यसका अतिरिक्त कुनै पनि राम्रो डिजाइनले सबैको ध्यानाकषॅण गनुॅ स्वाभाविक नै हो तर राम्रो डिजाइन सबैलाई सुहाउँछभन्ने प्रत्याभूति हुन्न भन्ने कुरा पनि हामीले बिसॅनु हुँदैन । किनभने मानिसको हाइट, वेट र लुक्सले गदाॅ भिन्न मानिसका लागि भिन्न डिजाइनको आवश्यकता पदॅछ । फेशन गनेॅले मौसम र उत्सवको पनि ख्याल गनुॅपछॅ नत्र राम्रो देखिन गरिएको फेशनले उल्टो असर पनॅ सक्छ ।

हामी बाँचिरहेको समाजमा रीति र संस्कृतिले मजबुत रुपमा जरो गाडेको हुन्छ । कसैले नमान्दामै अथवा बेवास्ता गदैॅमा संस्कृतिक परिवतॅन रातारात हुँदैन । संस्कृतिभित्रका कमी कमजोरी छनभने निश्चय नै तिनलाई सुधार गदैॅ लानुपछॅ तर फेशनको नाममा कुनै पनि समाजले आफ्नो परम्परा र संस्कृतिलाई लत्याउन सक्दैन । किनभने परम्परा र संस्कृति भनेको मानिसको परिचय पनि हो ।

फेशनले पक्कै पनि मानिसलाई सुन्दर देखाउन मद्धत गछॅ । फेशन भनेको महंगो लुगा ,जुत्ता वा गहनाको भारी हैन । फेशनको अथॅ समसामयिक पहिरन हुन् । यो समसामयिकता महंगो र भड्किलो नै हुनुपछॅ भन्ने छैन । आफ्नो बजेटले धान्ने, आफ्नो उमेरलाई सुहाउँने, आफ्नो समाज र संस्कृति प्रतिकुल पनि नहुने अनि आफूलाई मन पनि पनेॅ लुगा , जुत्ता र गहना लगाएर पनि फेशनेबल बन्न सकिन्छ, आफूलाई आकषॅक बनाउन सकिन्छ । फेशनेबल बन्नका लागि महंगो लुगाले मात्र फेशनेबल बन्न सकिन्छभन्ने छैन। त्यसका लागि छरितो र आकषॅक जिउडालको पनि आवश्यकता पदॅछ । आकषॅक जिउडाल पाउन नियमित एकसरसाइज, प्रात:कालीन हिँडाई र उचित खानपानमा पनि विशेष ध्यान दिनुपछॅ । मिहिनेत बिना संसारमा कुनै प्रतिफल प्राप्त हुन्न भन्ने कुरा स्वास्थ्य र फेशनको सन्दभॅमा पनि लागू हुन्छ ।

 

फेशन भन्नेबित्तिकै सामान्यतया महिलाहरुकै प्रशड़्ग अघि आउँछ । पुरुषहरु सजिने त जम्माजम्मी सुटटाई, पैन्टशटॅ, कुताॅसुरुवाल,दौरासुरुवाल वा हाफपैन्ट र टिशटॅमा न हो ? पुरुषले जेजति फेशन गरे पनि योभन्दा बढी के नै हुन्छ र ? तर सहरमा यसबेला सिलाउँदा आधा मिटर कपडा कम भएको पो हो कि भनेझै घूँडाभन्दा चार इन्चमाथि झुण्डिने फ्रक लगाएर अधिकांश युवतीहरु हिडेका देखिन्छन् । कुनैबेला हिन्दी सिरियलको प्रतापले कुताॅसुरुवाल नेपाली महिलाहरुको राष्ट्रिय पोशाक नै हो कि झैं भएको थियोभने कूताॅसुरुवाल हिजोआज आमा,हजूरआमा, दिदी र भाउजूहरुको पोशाक भैसकेको छ । सारीसँग नांगो पिठ भएको चोलीले त हिन्दी टेलि सिरियलदेखि नेपालीको घरआँगनलाई समेत प्रभाव पारेकै छ । तर देख्नेलाई असजिलो त तब लाग्छ जब पैतीस नाघेका दिदी, भाउजू र माइजूहरु बैनी, नन्द र भान्जीसँग सापटी मागेर लाएझैं मिनी हाफ पैन्ट र मिनी फ्रक लाएर फुरुक फुरुकपदैॅ दुनियाँ हँसाउदै हिँड्छन । ती असहज दृश्य ती असहज दृश्य देख्दा केलाई भन्दा देख्नेलाई लाज भनाईको सम्झना आउँछ ।

लगाएर हिँड्दा आफैलाई असजिलो हुने पहिरन कसरी फेशन हुन सक्छ ? छोटो फ्रकले छोप्नै नसकेको भित्री वस्त्रसमेत देखिने पहिरन लाएर छोरीचेली हिँडेको देख्दा अभिभावकलाई असजिलो लाग्दैन ? किनकि अभिभावकसँगै त्यहाँ दाजुभाई पनि हुन्छन् । लुगा लगाएर हिँड्दा पनि नलाएझैं देखेपछि ऊरन्ठेउलाहरुले जिब्रो पड्काउदै जिस्काउछन् र सीमा नांघ्ने कमेन्टहरु पनि पास गछॅन् । उरन्ठेउलाहरुको के कुरा, पाका पुरुषहरुले समेत आँखालाई तृप्त होउन्जेल सेक्छन् । यस्तै दृश्य र दृश्यावलीहरुले समाजमा कुनै दूघॅटना निम्त्याउँदेनन् त ? यो प्रश्न गनेॅबित्तिकै महिला अधिकारकमीॅहरुको पारो ताती हाल्छ र उनीहरु कुलिॅन्छन्- घटना दूघॅटनासँग पोशाकको कुनै सम्बन्ध हुन्न भनेर । तर भुल्न नहुने कुरा के छभने, घरमा ताला लाउनु र नलाउनुमा धेरै फरक पछॅ भनेर ।

छोटा र देख्दै असजिला लाग्ने पहिरन लाएर आफूलाई आधुनिक सम्झिने युवतीहरुको सकस त टेम्पो, माइक्रो र सावॅजनिक भाडाका सवारी साधनहरुमा पुरुष सहयात्रीहरुको भीडमा संघषॅगदैॅ यात्रा गदाॅ स्पष्ट देखिन्छ । त्यसैले फेशनको नाममा उदांगिने हैन बरु सजिलो पोशाक लाउने हो भनेर फेशनेबल बन्न चाहनेहरुले बुझ्न पर्यो । किनभने रिल लाइफ र रियल लाइफको फेशन फरक हुन्छ भनेर कसैले कसैलाई बुझाउनुभन्दा पनि आफैले बुझ्न जरुरी हुन्छ । आफूलाई नै अप्ठ्यारो र असजिलो स्थितिमा पुर्याउने असहज फेशन के कामको ? आफूलाई सुहाउँने , सजिलो हुने ,असजिलो स्थितिमा पनि नपुर्याउने र आफ्नो बजेटले पनि भ्याउने पहिरन नै फेशन हो। किनभने लुगा लगाएर नै फेशन हुन्छ लुगालाई छोट्याएर हैन । सिनेमाको पदाॅ वास्तविक जीवन हैन है भनेर बुझ्न हामीलाई गाह्रो नपलाॅ नै । किनभने सिनेमा र वास्तविक जीवनबिचको फरक बुझ्नेबित्तकै धेरै कुराको समाधान स्वत: हुन्छ ।

आधुनिक बन्ने त उच्च शिक्षा, विचार, सकारात्मक सोचाई , व्यवहार र अथक माहिनेतले हो भनेर अब पनि बुझ्न ढिलाई नगरेकै राम्रोभन्दा बढी भनेको नठहरिएला नै । किनभने आँट, हिम्मत, लगन र निश्चित उद्धेश्य लिएर मिहिनेतका साथ जीवनमा अघि बढ्ने होभने अन्धो फेशनको पछि नभागे पनि जीवनमा महिलाहरु देशकै उच्च अनि गरिमामय तीन उपल्लो तह र स्थानमा पनि पुग्न सक्ने रहेछन् भनेर भनिरहनु नपलाॅ ।