Logo

मापदण्ड मिचेर खनिएका सडकको कारण टोल र बस्ती जाेखिममा


संविधान घोषणा सँगै स्थानीय तहमा जन -प्रतिनिधि आए, बजेट आयो तर नियममा बस्न कसैले चाहेन। न जन -प्रतिनिधिले कानुन माने न त कानुन कार्यान्वयन गर्ने निकायले कुनै चासो दिए। रोल्पाका स्थानीय तहअन्तर्गत टोल -टोलमा रहेका दर्जनौं डोजरले दैनिक सडक खनिरहेका छन्।

मापदण्ड मिचेर खनिएका अधिकतर ती सडकको स्तरमापन समेत हुने गरेको छैन। स्थानीय सरकारले कतै पनि सडक खन्दा प्रारम्भिक वातावरणीय परीक्षण ‐आइइए) र वातावरणीय प्रभाव मूल्यांकन ‐इआइए) गरेका छैनन्।

नियम मिचेर जबर जस्ती सडक खनिएकाले टोल -टोलमा पहिरोको जोखिम बढेको छ। वातावरणीय प्रभाव मूल्यांकन नगरी सडक खनिएकाले ती सडक वर्षमा ६ महिना पनि गाडी चल्न योग्य हुँदैनन्।

हालै थबाङ गाउँ -पालिकाको छेर्लाबाङमा ६ जनाको मृत्यु हुने गरी गएको पहिरो पनि सडक कार्यालय र निर्माण व्यवसायीको चरम लापरबाहीको नमुना हो। अहिले रोल्पाका करिब ९० प्रतिशत सडक पहिरोले बन्द छन् भने बस्ती पनि उत्तिकै जोखिममा छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्