Logo

नेकपा (माओवादी केन्द्र) पुरा नै चिन्ह सहित उपनिर्वाचनमा भाग लिने


 

काठमाण्डौ-  ३ जेठ ०७५ मा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले एमालेसँग एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेपछि असन्तुष्ट माओवादी नेता गोपाल किरातीले पुरानै नाममा दल दर्ता गरेका छन् । गोलाकार भित्र हसियार हतौड चिन्ह निर्बाचन आयोगले  दिए भने भाग लिने कुरा नेकपा (माओबादी केन्द्र)का पार्टी सचिब क. राजन तिमील्सिनाले बताए ।

नेता गोपाल किरातीले नेकपा (माओवादी केन्द्र) ब्युँताए छन । उनले नेकपा माओवादी केन्द्रकै नाममा आयोगमा दल दर्ता गरेका छन् । किराती तत्कालीन माओवादी केन्द्रमा स्थायी समिति सदस्य थिए । किरातीसँग पूर्वसांसद कर्णजित बुढा, पूर्वसांसद  तिलक थापा मगर, पूर्वसांसद रङ्गनाथ ढकाल, राजन तिमल्सिनालगायत नेता छन् ।

नेकपा माओबादी केन्द्रका एक केन्द्रीय सद्स्यका अनुसार यस पार्टिमा कुल केन्द्रीय सदस्यको ८० प्रतिशत भन्दा धेरै युबा ३०/४० बर्ष भन्दा कम उमेरको छन, त्यसैले पार्टिको केन्द्रिय सदस्य युबा हुनु भनेको भोली भबिष्यमा पार्टी राम्रो हुने सङ्केत हो भन्छन ।

उपनिर्वाचनमा ११० दल प्रतिस्पर्धामा

आउदो १४ मंसिरमा प्रतिनिधिसभाको कास्की क्षेत्र नं. २, प्रदेश सभाको दाङ क्षेत्र नं. ३ (ख), भक्तपुर क्षेत्र नं. १ (क) र बाग्लुङ क्षेत्र नं. ३ (ख) तथा धरान उपमहानगरपालिकामा प्रमुखका लागि उपनिर्वाचन हुँदै छ । त्यस्तै, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष, ४२ वडाध्यक्ष गरी ५१ पदका लागि उपनिर्वाचन हुँदै छ ।

निर्वाचन आयोग दल दर्ता शाखाका उपमहान्यायाधिवक्ता रुद्र सुवेदीले भने, ‘पुराना ८९ दल र नयाँ २१ गरी एक सय १० दलले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।’ ०७४ मा भएका तीन तहका (प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तह) निर्वाचनमा ९२ दलले प्रतिस्पर्धा गरेका थिए । आयोगले ०७४ का निर्वाचनका लागि दर्ता नभएका राजनीतिक दल, ती निर्वाचनपछि एकीकरण भएर वा छुट्टिएर नयाँ नाममा दर्ता भएका तथा नाम परिवर्तन गरेका दललाई पुनः दर्ता गर्न भदौ मसान्तसम्मको समय दिएको थियो ।

गत निर्वाचनपछि एकीकरण भएर बनेकामध्ये नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीले दल दर्ता गरे । त्यस्तै, मंगोल नेसनल अर्गनाइजेसन, मुस्कान सेना नेपाल पार्टी, साझा पार्टी, नेपाल परिवार दल, राप्रपा लोकतान्त्रिक, नेपालवाद पार्टी, नेपाल कम्युनिस्ट पार्टी (पुष्पलाल), राष्ट्रिय नागरिक पार्टीले दल दर्ता गराएका छन् । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाली कांग्रेस (बिपी), ग्रिन पार्टी नेपाल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, आमूल परिवर्तन मसिया पार्टी नेपाल, हाम्रो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), ले उपनिर्वाचनका लागि दल दर्ता गराएका छन् ।

यस मिडियलाई प्राप्त जानकारी अनुसार निबार्चान आयोगले मतदाता यकिन गर्न तय गरेको दाबी विरोधको कार्यक्रम बुधबारदेखि सुरु गरेको छ । कार्यक्रममा सहभागिता जनाउन आयोगले आमनागरिकलाई आग्रह गरेको छ । १४ मंसिरमा ३७ जिल्लाका एक सय ५४ वडामा हुने उपनिर्वाचनका लागि सम्बन्धित वडामा पुगेर नामावली सच्याउन आग्रह गरेको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्