Logo

मिसनमा सहभागी हुने सैनिकको मासिक भत्ता १ लाख २७ हजार पुग्याे


नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने सैनिकको भत्ता बढाएको छ। तल्ला तहका सिपाही सहित अधिकृतहरुबाट गुनासो आएपछि प्रधान -सेनापति पूर्ण चन्द्र थापाले सकल दर्जाको गुनासो सुनुवाई गर्दै मिसनमा सहभागी हुने सैनिकको भत्ता वढाउने निर्णय गरेका छन ।

अब प्रति व्यक्ति तलबमा ८५ अमेरिकी डलर (करिब ९ हजार पाँच सय रुपैयाँ) थप हुने छ। यस अघि प्रति महिना एक हजार २९ अमेरिकी डलर पाउँदै आएकोमा अब शान्ति सेनामा सहभागी सैनिकले ८५ डलर थप गरी प्रति महिना १ हजार ११४ अमेरिकी डलर प्राप्त गर्नेछन्।

सो रकम नेपाली रुपैयाँ एक लाख २७ हजार बराबर हुन आउँछ। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बढेको भत्ता १४ असोज देखि लागू हुने जानकारी दिए।

तल्ला तहका सिपाही सहित अधिकृतहरुबाट गुनासो आएपछि प्रधान -सेनापति पूर्ण चन्द्र थापाले सकल दर्जाको गुनासो सुनुवाई गर्दै मिसनमा सहभागी हुने सैनिकको भत्ता वढाउने निर्णय गरेका खबर आजको राजधानी दैनिकमा छापिएका छन ।

अब प्रति व्यक्ति तलबमा ८५ अमेरिकी डलर (करिब ९ हजार पाँच सय रुपैयाँ) थप हुने छ। यस अघि प्रति महिना एक हजार २९ अमेरिकी डलर पाउँदै आएकोमा अब शान्ति सेनामा सहभागी सैनिकले ८५ डलर थप गरी प्रतिमहिना १ हजार ११४ अमेरिकी डलर प्राप्त गर्नेछन्।

सो रकम नेपाली रुपैयाँ एक लाख २७ हजार बराबर हुन आउँछ। सैनिक प्रवक्ता विज्ञान देव पाण्डेले बढेको भत्ता १४ असोजदेखि लागू हुने जानकारी दिए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्