Logo

मंगलटारको बरबोटमा नेकपा टोल कमिटी गठन


– सपना बस्नेत

हलेसी तुवाचुङ नगरको वडा नं.६ को बरबोट टोलमा १९ सदस्य नेकपा टोल कमिटी गठन भएको छ । अध्यक्षमा गजब थापामगर र सचिवमा हिराकाजी कार्की रहेका छन् । नेपाली कांग्रेस पुंजीवादी पार्टी भएको हुनाले यहाँ जनताहरु आर्थिक हिसाबमा निम्न परिवारको भएकोले जनताको पार्टी नेका नभएर नेकपा भएको हुनाले नै यसमा आवद्ध भएर लागिरहेको अध्यक्ष थापामगरले बताउनु भयो ।

यसैगरी नेका हुनेखानेको मात्र आवाज सुन्ने हुनाले निम्न स्तरको जनताहरुले नेकालाई वेवास्ता गर्न थालेको सचिव हिराकाजी कार्कीले बताउनु भयो । जबसम्म निम्न स्तर भएका जनताहरुलाई राज्यले हेर्दैन तबसम्म उनीहरुको समस्या जहाँको त्यही भएको हुनाले राज्यलाई शक्तिशाली बनाउन नेकपाको टोल कमिटीमा बसेको स्थानिय थिरमान मगरले बताउनु भयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्