छतिवन टोलमा नेकपा कमिटी गठन

– मान्सुङ चाम्लिङ
हलेसी तुवाचुङ नगरपालीका वडा नं.६ मंगलटारको छतिवनमा नेकपा टोल कमिटी गठन भएको नेकपा जिल्ला कमिटी जिल्ला कमिटी सदस्य जुद्ध मगरले बताउनु भयो । छतिवनमा लिल बहादुर बस्नेतको अध्यक्षता १५ सदस्य टोल कमिटी गठन गरिएको गण राईले बताउनु भयो । उक्त टोल कमिटीको सचिवमा इन्दु कुमारी वस्नेत रहेको बताउनु भयो । नगर पार्टीको निर्णयसँगै टोलकमिटीहरु तिब्र रुपमा गठन गरिरहेका गण राईले बताउनु भयो । भाद्र महिनाको समयमा पनि स्थानिय जनताहरु काम नभनी टोल कमिटीमा उत्साहका साथ सहभागी भएको कालकुमार मगरले बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टीको सरकारको समय वृद्धाभत्ता, एकलमहिला भत्ता, महिला लक्षित बजेट, वालवालिका बजेट, समावेसी बजेट, युवा बजेट सबै किसिमको शिर्षकहरुमा यही सरकारले छुटाएको कारण जनताहरु नेकपा प्रति दिर्घकालिन आसा रहेको स्थानिय सुधिरमान वस्नेतले बताउनु भयो । वृद्धाहरुले पाउँदै आएको वृद्धभत्ता यसपटक बढेकोले यस भत्ताले हरेक वृद्धाहरुले अब आरामसँग आफ्नो जीवन जीउनको लागी चिन्ताको विषय सकिएको हुनाले आजीवन नेकपालाई आफ्नो मत सुरक्षित रहेको कुमारी वस्नेतले बताउनु भयो । स्थानिय जनताहरुमा उत्साह छाइरहेको जुद्धमगरले बताउनु भयो ।