“भारतसँग युद्ध हुन सक्छ” :प्रधानमन्त्री इमरान खान

इश्लामावाद । पाकिस्तानका प्रधान मन्त्री इमरान खानले भारत सँग युद्ध हुन सक्ने बताएका छन् । अलजजीरा टीभी सँगको अन्तर्वार्तामा पाकिस्तानका प्रधान मन्त्री खानले शनिबार दुई देशबीच युद्धको खतरा रहेको स्वीकार समेत गरेका छन् ।
पाकिस्तानका प्रधान मन्त्रीले काश्मीरको मामिलालाई लिएर सोधिएको प्रश्नमा भनेका छन्,“काश्मीरमा ८० लाख मुश्लिम पछिल्ला ६ हप्तादेखि कैदमा रहेका छन् । भारत पाकिस्तानले आतंकवाद फैलाएको भनेर काश्मीर मामिलाबाट विश्वको ध्यान मोड्न खोजिरहेको छ । पाकिस्तानले कहिले पनि युद्धको शुरुवात गर्दैन । म युद्ध विरोधी हुँ । मेरो मान्यता छ कि युद्ध कुनै पनि समस्याको समाधान होइन ।”
उनले दुई आणविक शक्ति सम्पन्न मुलुक आपसमा टकराएको अवस्थामा परिणाम कल्पना समेत गर्न नसकिने खालको हुने समेत जनाएका छन् । (बीबीसीबाट)