Logo

जनतासँग जनप्रतिनिधि सिधा कुरा, मा. भट्टराई र वडा अध्यक्ष राई


– मान्सुङ चाम्लिङ

जनताको मतले निर्वाचित जनप्रतिनिधिहरु जनतासँग प्रत्यक्ष छलफल गर्न आवश्यक छ । तर गाउँ स्तरका जनताहरु मात्र जनप्रतिनिधिहरुसँग छलफल गर्ने अवसर पाएका हुन्छन् । र सबै गाउँ स्तरमा सोही भइरहेका छन् । तर हलेसी तुवाचुङ नगरपालीका वडा नं.७ महादेवस्थान हलेसीका जनताहरु भने आफुले जिताएको जनप्रतिनिधिहरु गाउँमा बसेका जनताहरुले मात्र होइन जो जनताहरु निर्वाचनमा भोट दिएर आफुले जिताएको जनप्रतिनिधिहरुसँग आफु अस्थायी रुपमा बसोवास गर्ने स्थलमा नै आफ्नो जिज्ञासा, प्रश्न र सुझावहरु दिने अवसर पाएका छन् ।

सचेत युवा समूहको समन्वय तथा वडा अध्यक्षको पहलमा काठमाडौंमा बसोवास गर्दै आएका सो गाउँका जनताहरु तथा परदेश र विदेशमा गएर आउनु भएका तथा जान लागेका लगायत सबैको उपस्थितिमा कोटेश्वर काठमाडौंमा खोटाङ जिल्लाका संघिय सांसद मा. विशाल भट्टराई, तथा हलेसी तुवाचुङ नगर वडा नं.७ का वडा अध्यक्ष चइन्द्र राईसँग प्रत्यक्ष जनताहरुले आफ्नो चासो, जिज्ञासार सुझावहरु दिने अवसर मिलेको थियो ।

जनताहरुको प्रश्नमा हालसम्म जनप्रतिनिधि भएपश्चात गरिएको विकासको बजेटहरु विनियोजन प्रक्रिया, परियोजना छनौट प्रक्रिया, भावि कार्यनीति तथा वेराजगार युवाहरुको समस्याहरु के कसरी सम्बोधन गरिरहेको छ भन्ने बारेमा प्रश्नहरु गरेका थिए । सवलीकरणको क्रममा वडा अध्यक्ष प्रत्यक्ष रुपमा सोही वडाको कार्यकारी भएको हुनाले जनताहरुको चाहना बमोजिम र जनताहरुले छनौट गरेको नै परियोजनाहरुलाई प्राथमिकता दिएर अगाडी बढीरहेको जवाफ दिनु भयो ।

 

यसैगरी राज्यमा दुईतिहाईको सरकार भइरहँदा विकासको गति हुन नसकेको, रोजगार दिलाउन नसकेको र नेता र नेतृत्वहरुले वोलेको प्रतिवद्धता किन नपुर्याएको भन्ने जनताहरुको प्रश्नमा मा. भट्टराई जवाफमा भन्नु भयो आज सम्मको विश्व इतिहासमा कुनै महान विद्धानहरु जसमा कार्ल माक्सले प्रतिपादन गरेको सिद्धान्त समेत विवादमा परेको अथवा माक्र्स फेल भएको भन्ने आवाजहरु उठ्न थालेको उदाहरण पेस गर्नु भयो । यसै गरी चाहे कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल होस वा कांग्रेसका संस्थापक विपि होस उहाँहरुको सिद्धान्तहरु समेत विवादमा आएको तथा पार्टीहरु नै विवादमा आएर फुटेको उदाहरण पेस गर्नु भयो । यसकारण हरेक वस्तुहरुलाई सकारात्मक रुपमा लिएर अगाडी बढ्नु नै समाज र राष्ट्रको विकास हुनेमा जोड दिनु भयो । नेपाली संस्कृति हरेक कुरामा नकारात्मक धारणाको अभिव्यक्ति दिन वानि परेको हुनाले संसारको १४६ देशहरु मध्ये नकारात्मक कुरा गर्नेमा नेपाल ६ स्थानमा आएको अन्तराष्ट्रिय प्रतिवेदनको उल्लेख गर्नु भयो ।

हलेसी तुवाचुङ नगरपालीका वडा नं.७ महादेवस्थान हलेसी जो जनताहरु अस्थायी रुपमा काठमाडौं लगायत परदेशमा वस्दै आएका छन्, उहाँहरुको एक छलफल भेलाले डेकिन्द्र कुमार राईको अध्यक्षतामा एक सचेत युवा समूह गठन गरि स्थानिय निर्वाचनमा चुनावी अभियान संचालन गरेका थिए । उक्त सचेत युवा समूहको अभियानले स्थानिय निर्वाचनमा गाउँ भन्दा बाहिर पर्देशी समूदायहरुमा चुनावमा सहभागी हुन अभियान संचालन गरेका थिए । साथै यस समूहले चुनावमा समेत व्यापक रुपमा सहभागीता जनाएको थियो । सोही परिणाम स्वरुप समूहको उद्धेश्य अनुसार वाहिर पक्षबाट स्थानिय समूदायहरु सक्दो सहकार्य गरेर वडा अध्यक्षमा चइन्द्र राईलाई विजय गराउन सफल भएका थिए ।

उक्त छलफलमा विज्ञ भोगीराज राई, सचेत युवा समूहका अध्यक्ष डेकेन्द्र कुमार राई, दुर्छिम वडा नं.५ का वडा अध्यक्ष रमेश तिवारी, हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेल लगायतले आफ्नो विचारहरु जनताहरु समक्ष आदान प्रदान गरेका थिए ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्