सकारात्मक शिक्षा निर्विकल्प मानवीय आवश्यकता-राई

मुख्य खबर समाचार

– मान्सुङ चाम्लिङ

खोटाङ जिल्लाको हालको हलेसी तुवाचुङ नगरपालीका वडा नं.५ दुर्छिम चुमाखुमा जन्मीहुर्की सामान्य विद्यालय चुमाखु प्राविबाट अध्ययनको शुरुवात गरेका युवा शरद राई तत्कालिन वुढानिलकण्ठ विद्यालयको छात्रवृत्तिमा अध्ययन गर्न छनौट भएसँगै प्रवेसिका पास गरे पश्चात उच्चशिक्षा हाँसिलको क्रममा जापानमा अध्ययन गर्ने अवसर मिल्यो । उच्चशिक्षा हाँसिलसँगै आफुले वाल्यकालमा लिएको अनुभवहरुलाई सम्झदै अन्य युवाहरु भन्दा फरक प्रतिभावान विद्यार्थीको रुपमा आफुलाई स्थापित गर्दै अगाडी बढे । परिवार, समाज र राष्ट्र परिबर्तन गर्न सही र प्राविधिक तथा जीवन उपयोगी शिक्षा हुनुपर्छ भन्ने सिद्धान्त लिएका राईले आफु जापान छँदै युमी विद्यालय आफ्नो गाउँ दुर्छिममा खोले । साथै अर्को प्रदेश नं.१ बिराटनगरमा पनि खोले । व्यवहारिक र जीवनउपयोगी शिक्षा नै मुख्य मार्गदर्शक सिद्धान्तलाई अवलम्बन गर्दै हाल विद्यालयमा अध्यापन गराइरहेको राईले बताए ।


मानव धर्तीमा जन्मे पश्चात आफु जन्मेको परिवार र समाजले अपनाइरहेको संस्कृति, रहनसहन, चालचलनमा परिवन्द्धमा बस्न बाध्य हुन्छ । फलस्वरुप सोही किसिमको वातावरणको प्रभाव र सिकाई हुनेहुनाले त्यस्तै किसिमको व्यवहार सिक्दै जान्छ । शिक्षाको लागी पहिलो पाठशला परिवार भएता पनि उप्रान्त बाहिरी शिक्षा विद्यालय लगायत विभिन्न शैक्षिक संस्थाहरु मार्फत शिक्षा लिने गर्दछ ।

तर मानवीय आवश्यकता पुरा गर्न नसक्ने अथवा शिक्षा लिए पश्चात पनि कार्यान्वयन नहुने शिक्षाहरु पनि नेपाल जस्तो अल्पविकसित राष्ट्रहरुमा चालु नै छन् । यसकारण नेपाल जस्तो राष्ट्रहरुमा शैशिक प्रमाणपत्रहरु भएर पनि अरबको खाडीमा वेल्चा हान्न युवाहरु जानु परेको तीतो यर्थाथ छँदैछ । यसकारण शिक्षा जीवनको मार्गदर्शक भएको हुनाले शैक्षिक प्रमाणपत्र भन्दा पनि उपयोगी र उपभोग गर्ने किसिमको हुनुपर्ने राईले बताए ।

जापानको एक वक्तव्य प्रतियोगिताको क्रममा आफ्नो वक्तव्यको पुरस्कार दशलाख पाउँदा त्यसलाई सही रुपमा प्रयोग गर्न तिनै विद्यालयका विद्यार्थीहरुलाई सहज बनाउन गाडी किन्न प्रयोग गरेका थिए । उहाँ थप्दै भन्नु हुन्छ, आफ्नो जापान लगायत विभिन्न देशहरुमा कार्यरत हुँदा अत्याधुनिक प्रविधिको प्रयोग र विश्व परिवेश बारेमा भएको परिबर्तन र हुने परिबर्तन बारेको अनुभव आदान प्रदान गर्दै गर्दा आगामी सन् २०४५ देखी सन् २०४७ सम्ममा मानिसले होइन, रोबर्ट मानिसलाई कार्य गर्नेबाट उछिन्ने र सोही किसिमको प्रविधिको विकास हुने अवगत गराउनु भयो । यसैगरी अहिले विकसित समाज सन्तान उत्पादन गर्नमा पछाडी परेसँगै अब नेपाल जस्ता देशहरुमा पनि सन्तान उत्पादनमा कमी आउँदै गएको र अन्तत युवा भन्दा पाकाहरुको संख्या बढी हुनेछ, साथै विकासमा बाधा हुने अवगत गराउनु भयो । केही हप्ताको बसाई पश्चात जापान पर्खेसँगै आफ्नो विद्यावारिधीको अध्ययन सके पश्चात नेपाल नै फर्केर आफु जन्मेको गाउँ अनि आफ्नो राष्ट्रको सेवा गर्ने अन्तिम इच्छा रहेको बताए ।