भारतको अर्थतन्त्र तल जाँदै, यस्तै भए नरेन्द्र मोदीको लक्ष्य पूरा हुँदैन: पूर्वप्रधानमन्त्री मनमोहन सिंह

समाचार

नयाँ दिल्ली । भारतका पूर्व प्रधान मन्त्री डा. मनमोहन सिंहले भारतको अर्थ व्यवस्था अहिलेकै अवस्थामा रह्यो भने सन् २०२४–२५ सम्ममा अर्थ व्यवस्थालाई ५ अर्ब डलर सम्म पुर्याउने प्रधान मन्त्री नरेन्द्र मोदीको लक्ष्य पूरा नहुने जनाएका छन् ।  उनले भारतको अर्थतन्त्रमा बढेको सुस्ततालाई लिएर चिन्ता जनाउँदै सरकारलाई यो कुराको महसुस नहुनु चिन्ताको विषय भएको समेत उल्लेख गरेका छन् ।

पूर्व प्रधान मन्त्री सिंहले रियल स्टेट होस वा कृषि क्षेत्र हरेकमा गिरावटको अवस्था रहेको जनाउँदै अर्थ व्यवस्था लगातार तल गइरहेको जनाएका छन् । उनले यही अवस्था रहेमा प्रधान मन्त्रीको लक्ष्य पूरा नहुने जनाएका छन् । सरकारले जनता समक्ष विभिन्न बाचा गरेपनि त्यस खालका योजना नपाइएको जनाएका छन् । मनमोहन सिंहको देशको अर्थतन्त्रबारेमा हालै दिएको अन्तर्वार्तालाई उद्धृत गर्दै कंग्रेस नेता राहुल गान्धीले सरकारले यो कुरालाई स्वीकारेर आबश्यक ठोस नीति ल्याउनु पर्ने जनाएका छन् ।