फेरी दोस्रो पटक किन जाँदैछन् पाकिस्तानका प्रधानमन्त्री काश्मीरको राजधानीमा ?
इश्लामाबाद । पाकिस्तानका प्रधान मन्त्री इमरान खान आज पाकिस्तान अधिनस्थ काश्मीरको राजधानी मुजफ्फरावाद जाने भएका छन् । भारतले काश्मीरमा गएको अगस्ट ५ मा काश्मीर मामिला सम्बन्धी संविधानको धारा ३७० खारेज गरेपछि पाकिस्तानका प्रधानमन्त्री खान दोस्रो पटक त्यस क्षेत्रमा जान लागेका हुन् । पाकिस्तानका प्रधान मन्त्री खानले भारत प्रशासित काश्मीरका जनता प्रति ऐक्यबद्धता प्रकट गर्नको लागि आफू त्यहाँ जान लागेको जनाएका छन् ।
२५ सेप्टेम्बर सम्म काश्मीरी प्रति ऐक्यबद्धता जनाउने उनले पहिला नै घोषणा गरेका थिए । उनी गएको शुक्रबार पनि त्यहाँ गएका थिए । उनको यो भ्रमणका क्रममा उनको पार्टीका समर्थक तथा सर्ब साधारणको पनि सहभागिता हुने जनाइएको छ । पहिला कुनै तयारी बिना नै खान त्यहाँ गएकोमा यसपालि भने विशेष तयारी सहित जान लागेका हुन् । (बीबीसी)