अमेरिका विरुद्ध जासुसी गरेको भनी लगाईएको आरोप इजरायलद्वारा अस्वीकार

समाचार

जेरुसेलम । इजरायली प्रधान मन्त्री बेन्जामिन न्यातान्याहुले आफ्नो देशले अमेरिका विरुद्ध जासुसी गरिरहेको भन्ने चर्चालाई अस्वीकार गरेका छन्  । एउटा लेखमा अमेरिकाका तीन उच्च पूर्व कर्मचारीले ह्वाइट हाउसको बाहिर भेटिएका सर्भिलेन्स डिभाइसको पछाडि इजरायलको हात हुन सक्ने जनाएका थिए । सो आरोपलाई इजरायलको प्रधान मन्त्रीको कार्यालयले अस्वीकार गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको बिहीबार पत्रकारहरु सँगको कुराकानीमा इजरायलले अमेरिकाको जासुसी गर्छ भन्ने कुरामा आफूलाई विश्वास नलागेको जनाएका थिए । सो लेख अमेरिकाको न्यूज साइट पोलिटिकोमा बिहीबार प्रकाशित भएको थियो । ट्रम्प राष्ट्रपति भएपछि अमेरिकी राष्ट्रपतिको निवास बाहिर केही शंकास्पद बस्तुहरु भेटिएका थिए  ।

ती डिभाइसले फोन टावरको जस्तो काम गर्ने गरेको अधिकारीहरुले बताएका थिए । (बीबीसी)