कञ्चनपुर वडा अध्यक्षको कारमा आगजनी

समाचार

कञ्चनपुरको शुक्ला फाँटा नगर पालिका–७ का वडा अध्यक्ष जगत बहादुर सिंहको बा २१ च ८५०७ नम्बरको नीजि कारमा गएराती अज्ञात समुहले आगजनी गरेको छ।

आगजनी बाट कारको पछाडीको भाग जलेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक नैन बहादुर साउदले बताए।  आगजनी गर्नेको खोजी कार्य भैरहेको उनले बताए।

वडा अध्यक्ष एवं नगर प्रवक्ता समेत रहेका सिंहले आगजनीमा संलग्न केही व्यक्तिहरु माथि आशंका रहेको बताए। नगर पालिकाको वडा नं ६ मा बस्दै आएका सिंहको गाडी पार्किङ गरेर राखेको अबस्थामा आगजनी गरिएको बताईएको छ। दुई महिना अघि मात्रै वडा अध्यक्षले गाडी खरिद गरेका थिए।