प्रतिवन्धित नेकपा समूहका महा सचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ । चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरु सँगै प्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
अस्पताल भित्र हुलहुज्जत गर्न खोजेको भन्दै प्रकाश सहित एक दर्जन बढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणको क्रममा प्रहरी सँग झडप हुँदा केही विद्यार्थी घाइते छन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
