Logo

लामो समयदेखी ठेकेदारलाई धम्क्याउँदै चन्दा माग्ने गृहमन्त्री “बादल “का भाइ पक्राउ


ठेकेदारलाई धम्क्याउँदै चन्दा मागे पछि गृहमन्त्री राम बहादुर थापा “बादल “का भाइ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक साताअघि काठमाडौंबाट उनलाई पक्राउ गरेको हो । गृहमन्त्रीका भाइ नरेश थापा सहितको टोलीले केही महिना अघि देखि नै नाम चलेका करिब २५ ठेकेदारलाई टेलिफोन गरेर प्रत्येक ठेक्काको ‘तीन प्रतिशत’ रकम चन्दा माग गरेका थिए ।

नाम उल्लेख नगर्ने सर्तमा एक जना ठेकेदारले कुरा गर्दै भने– फागुन चैत तिर बाटै हामीलाई फोन गरेर ठेक्काको ३ प्रतिशत रकम नदिए जे पनि हुन सक्ने भन्दै धम्की आइरह्यो । फोन प्राइभेट नम्बर र अननोन आउँथ्यो । त्यस पछि हामीले संयुक्त रुपमा निवेदन लेखेर गृह मन्त्रालय, प्रहरी र संसदीय समितिमा पनि बुझाएका थियौं ।”

उनका अनुसार मोबाइल, कार्यालय र घरका सबै नम्बरमा फोन गरेर रकम नदिए जे पनि गर्ने चेतावनी उनीहरुले बारम्बार दिन्थे । प्रहरीले अनुसन्धानकै क्रममा साउनको अन्तिम साता पवन खड्का र सुरेन नगरकोटीलाई समातेको थियो । उनीहरुको बयानका आधारमा गृहमन्त्रीका भाइ नरेशलाई पनि एक साताअघि पक्राउ गरिएको थियो ।

पक्राउ परेकाहरुको सम्बन्ध जेलमा रहेका समीरमान बस्नेतसँग पनि देखिएको छ । बस्नेत नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद कुमार गौचनको हत्याका मुख्य योजनाकार पनि हुन् । पक्राउ परेकाहरु माथि अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतले जानकारी दियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्