नेकपामा प्रवेश तिब्र प्रतिष्पर्दा, दुई दर्जन प्रवेश २ वडामा नेका र संघियबाट
– मान्सुङ चाम्लिङ
हलेसी तुावचुङ नगरको टोल कमिटीहरु तिब्र रुपमा गठन गर्ने क्रममा नेपाली कांग्रेस र संघिय समाजवादीबाट नेकपामा तिब्र प्रतिष्पर्दाका साथ पाटी प्रवेश गरिरहेका छन् । नगरको वडा नं.५ दुर्छिममा टोल कमिटी सकिएको छ, भने धितुङमा अन्तिम चरणमा पुगेको छ ।
हालसम्मको टोल कमिटी गठनमा धितुङ वडाबाट नेपाली कांग्रेसका पार्टी कोषाधक्ष तथा तरुणदल अध्यक्ष अमिन राई, निर्पध्वज कटुवाल त्यसैगरी दुर्छिम वडा बाट जितेन्द्र राई, हिङ्गराज राई, इन्द्र बहादुर राउत र नरेन्द्र राई यसैगरी संघिय समाजवादीका नगर सचिवलाय सदस्य सुजन राई दुर्छिम तथा धितुङबाट कटक राई, भुवानसिंङ राई, देबराज राई, भोजन राई, तयन्द्र राई र जित बहादुर सार्की लगायत दुई दर्जन नेकपामा प्रवेश गरेका छन् ।
नगरमा विजय प्राप्त नेकाले नातावाद, आफन्त र आफ्नो पार्टीलाई मात्र हेरेको, समन्वय गरेको हुनाले सबै जनताहरुमा निरासा छाएको एक स्थानिय वल बहादुर राईले बताए । कुनै पनि विकासको योजना माग्न समेत पार्टी नै मिल्नु पर्ने अन्यथा वेवास्ता गर्दै आएको हुनाले यस्तो पार्टीलाई जनताले अबको दिनमा वदला लिने योजनाका साथ संयम एर बसिरहेको रुपक राईले बताए ।
स्मरणरहोस नेपाली कांग्रेसले वहुमत जितेर पनि खास जनताको चाहना अनुसार काम गर्न सकिरहेको छैन । हरेक वर्ष नगरमा बजेट वृद्धि हुँदै आएता पनि वडाहरुमा भने बजेट कटौती गर्दै लगेकोले जनताहरुमा आक्रोस पलाइरहेको दुर्छिम पार्टी अध्यक्ष प्रदिप राईले बताए ।