मरे संस्कृति बच्छ, बौलाए सकिन्छ, सन्दर्भ किराबी

Breaking News समाचार

– भवना राई

मानिस स्वभावैले जन्मिए पश्चात मर्छ । जन्मिएर बाँच्ने क्रममा अथवा जन्मिन साथ मर्दा पनि संस्कृति बाँचेर जान्छ । यसरी जन्मे पश्चात गरिने क्रियाकलापको रुपमा रहने हरेक समूदायको संस्कृति नै पहिचान हो । यसै गरी बाँच्दा मानिसले आफ्नो आवश्यकता अनुसार गर्ने क्रियाकलाप, रहनसहन, भाषा सैली, खुशी, रमाइलो जस्ता अभिव्यकता कलाहरु, वातावरणहरु गर्दा फरक फरक समूदायहरुले फरक फरक गरिरहेको हुन्छ । फलस्वरुप त्यो संस्कृति र पहिचान हुन्छ ।

त्यही संस्कृति र पहिचानलाई बचाउन सबै संगठिन हुन आवश्यक छ । सोही अनुरुप किरात राईहरुको एकमात्र विद्यार्थी संगठन किरात राई विद्यार्थी संघ निरन्तर रुपमा राई विद्यार्थीहरुलाई संगठित गर्दै अगाडी बढीरहेको छ । जसमा स्थापनाकाल देखी निरन्तर प्रक्रियागत रुपमा बढेसँगै ९ औं राष्ट्रिय सम्मेलन खोटाङ जिल्लामा भए अनुसार सहमतिय आधारमा विधान अनुरुप कार्य समिति चयन भएको थियो । उक्त सम्मेलनमा सबैको अर्थपुर्ण सहभागीता सहितको भेलाले कार्यसमिति चयन गरेर बधाई तथा धन्यवाद ज्ञापन समेत सबै पक्षबाट भएको थियो ।

जसमा पूर्व संस्थापक लगायत उपस्थित सबै प्रतिनीधिहरुले बधाई ज्ञापन गरेका थिए । तर हाल आएर संघिय समाजवादी सर्मथित केही विद्यार्थीहरुले आफ्ना असन्तोषहरु प्रकट गर्दै नया कार्यसमिति चयन भएको लाजमर्दो कार्य गरेको ९ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष जितेन राईले बताए । यसकारण मानिस मर्दा संस्कृति बाँचे पनि हाल केही संघिय समाजवादी पार्टीमा आवद्ध विद्यार्थीहरु जो उनीहरु कै कारणले आवद्ध हुन नसक्दा बौलाईरहेको अध्यक्ष राईले बताए ।

यसले नितान्त रुपमा किरात राई विद्यार्थी तथा समूदायहरुलाई घाटा हुनेछ । जसको परिणाम किरातीहरुबीच फुटको बाटो पैल्याएर अगाडी बढ्नु किराती भएर बाँच्नुको कुनै अर्थ नरहने स्पष्ट रहेको छ । यसकारण किरातीहरुबीचको एकतामा भ्रामक प्रचारको रुपमा ल्याइएको सांगठनिक विनाश बौलाएको मानिसको औचित्य जस्तै रहनेछ ।

पछिल्लो समयको गतिविधिले किरातीहरुबीच एकतामा आँच आउने किसिमको कार्यहरुले गर्दा तमाम सबै किरात राई विद्यार्थी संघमा आवद्ध सदस्यहरु, किरात राई यायोक्खा तथा किराती समूदायहरुमा स्पष्तताको लागी संस्थाले प्रेस विज्ञप्ती समेत निकालेको छ ।