नेका गढमा नेकपा टोल कमिटी तिब्र

राजनीति समाचार

– विना वुढाठोकी

हलेसी तुवाचुङ नगरपालीकाको विशेष गढ मानिने धितुङ वडामा समेत नेकपा टोल कमिटी र सेल कमिटी गठन तिब्र भइरहेको वडा पार्टी अध्यक्ष गोपाल नेपालीले बताए । टोल कमिटी गठन क्रमसँगै नेपाली कांग्रेस र संघिय समाजवादी पार्टीका क्रियाशिल कार्यकर्ताहरु हरेक टोलमा प्रवेशको लहर छाएको वडा पार्टी सचिव होमराज राईले बताए ।

टोल कमिटी गठनको क्रममा साविक वडा नं.९ गाराबुमा बन्दुक सिं राईको अध्यक्षतामा १९ सदस्य, साविक वडा नं.६ मा खम्बराज राईको अध्यक्षतामा २१ सदस्य, साविक वडा नं.७ मा १७ सदस्य अध्यक्ष जयन्द्र राई तथा सचिव तुलाराम राई, साविक वडा नंं.८ हात्तियालमा रविन्द्र राईको अध्यक्षतामा १९ सदस्य, वखुवामा किसान राईको अध्यक्षतामा ११ सदस्य गठन गरिएको वडा सचिव राईले बताए ।

नगरपार्टीको निर्णय अनुसार टोल कमिटीहरु गठन गर्ने क्रममा धितुङको टोलहरुमा तिब्र रुपमा गरिरहेको सदस्य किशोर चाम्लिङ राईले बताए । टोल कमिटी एकतासँगै नया पार्टीले वृद्धा, महिला सबै गाउँहरुमा उत्सव मनाइरहेको चाम्लिङले बताए ।

इतिहासमा धेरै पटक नेपाली कांग्रेसले हरेक पटक विजय प्राप्त गरेता पनि विकास र समाजको सकारात्मक परिबर्तन गर्न सिन्को भाँच्न नसकेकोले नेपाली कांग्रेस पार्टीबाट आजित भएर नेपाली कांग्रेसका क्रियाशिल कार्यकर्ता धितुङ वडा पार्टी कोषाध्यक्ष तथा तरुणदल अध्यक्ष अमिन राई नेकपामा प्रवेश गरेका बताए । अवको चुनावमा नेकालाई क्लिनस्वीप गरेर जनताले लात मार्ने ठोकुवा गर्नु भयो । बाँकी रहेको टोल कमिटीहरु यही महिना भित्रमा सम्पन्न गरिसकिने नगर कमिटी सदस्य अमर राईले बताउनु भयो ।