नेकपा टोल कमिटी गठन दुर्छिममा सकियो

राजनीति

– मान्सुङ चाम्लिङ

खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालीका स्थित साविक वडा नं.७ राबुको टोल कमिटी गठनसँगै वडा नं.५ दुर्छिमको सबै साविक वडाहरुमा टोल र सेल कमिटी गठन सम्पन्न भएको छ । राबुमा गंगा राईको अध्यक्षतामा १७ सदस्य टोल कमिटी गन गरिएको छ ।

 

जसमा साविकको ९ वटा सबै वडाहरुमा टोल र सेल कमिटी गरी १२ वटा गठन गरिएको वडा पार्टी अध्यक्ष प्रदिप राईले बताए । नगर कमिटीको निर्णय अनुसार भाद्र १५ गते सम्ममा सम्पन्न गर्ने कार्य योजना अनुसार यस वडामा भाद्र ४ गतेबाट सुरु गरिएको एकता तथा कमिटी गठन कार्यक्रम १३ गते भाद्र सम्पन्न भएको छ ।

 

टोल कमिटीले हरेक टोल टोलमा उत्साह छाएको तथा जनताहरुमा आसाको किरण छाएको स्थानिय चक्र बहादुर राईले बताए । टोल कमिटीको गठनको क्रममा जिल्ला सचिवालय सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु लगायत नगर समितिको सक्रिय रुपमा सहभागीता रहेको थियो । विभिन्न टोलहरुमा नेपाली कांग्रेस र संघिय समाजवादी पार्टीका क्रियाशिल सदस्यहरु नेकपामा प्रवेश गर्दै टोल कमिटीमा बसेको वडा पार्टी सचिव भविन्द्र राईले बताए ।

दुर्छिममा टोल कमिटी गठन सकिएसँगै अन्य वडाहरुमा पनि तिब्र रुपमा गठन बढीरहको सचिवालय सदस्य हस्तबहादुर राई आमोदले बताए । कम्युनिष्टहरुको जनघनत्व ७० प्रतिशत बढी जनसंख्या भएको यस नगरमा कम्युनिष्ट एकताले संगठन मजवुत मात्र होइन नेपाली कांग्रेस पार्टीका कार्यकर्ताहरु निरासा छाएको नेकपा कार्यकर्ताहरुले बताए ।