Logo

“विदेशीले नेपाल आएर अपराध गर्नू सजिलो छैन”: सर्वेन्द्र खनाल


नेपाल प्रहरीका महा निरीक्षक सर्वेन्द्र खनालले नेपालमा आएर आपराधिक गतिविधि गर्न सकिन्छ भन्ने सोच बाट मुक्त हुन आग्रह गरेका छन् ।

चिनियाँ नागरिकले एटीएम ह्याक गरेको घटना चर्चामा रहिरहेका बेला महा निरीक्षक खनालले आपराधिक मनोवृत्ति लिएर कतिपय विदेशी नेपाल आउने गरे पनि ती नेपाल प्रहरीको नजर बाट नछिप्ने बताए ।

‘कतिपय विदेशीले नेपाल आएर आपराधिक गतिविधि सञ्चालन गर्न सजिलो ठानेको देखिन्छ’, नेपाल पुलिस क्लब परिसरमा निर्माण हुने बहु उद्देयीय भवन शिलान्यास कार्यक्रममा महा निरीक्षक खनालले भने, ‘हाम्रो संयन्त्र विदेशी आपराधिक मानसिकता भएकाले सोचेजस्तो कमजोर छैन । हामी त्यस्ता गतिविधि निस्तेजका लागि अब्बल छौं ।’

खनालले आपराधिक गतिविधिमा लागेर कानूनी दायरामा आउन मन भए मात्रै नेपालमा आएर त्यस्ता गतिविधि गर्न चेतावनी दिए । ‘कानूनी दायरामा पर्नु छ र सुध्रनु छ भने नेपालमा आएर आपराधिक गतिविधि गरे हुन्छ’, महा निरीक्षक खनालले भने ।

प्राथमिकतामा साइबर अपराध र मानव बेच बिखन

महा निरीक्षक खनालले साइबर अपराध र मानव बेच बिखन प्रहरीको पहिलो प्राथमिकतामा परेको बताए । साइबर अपराध र मानव बेच बिखनका घटना बढेकाले प्रहरीको पहिलो प्राथमिकतामा यी विषय परेको उनकाे भनाइ छ ।

‘साइबर अपराध र मानव बेच बिखन अहिले हाम्रो पहिलो प्राथमिकतामा छ’, खनालले भने, ‘यसका लागि हामीले नागरिक सँग सहकार्य गरिरहेको छौं ।’

खनालले समुदाय प्रहरी साझेदारी कार्यक्र मार्फत सबै स्थानीय तहसँग सहकार्य गरेर काम भइरहेको पनि उक्त अवसरमा जानकारी दिए ।

प्रहरीको कार्यशैलीलाई लिएर उठ्ने गरेको प्रश्नतर्फ संकेत गर्दै खनालले प्रहरी पारदर्शी हुन चाहेको प्रष्ट पारे । राज्यले सुशासन दायित्व प्रहरी र कर्मचारीमा दिएकाले त्यो पूरा गर्नुपर्ने उनको भनाइ छ ।

‘यदाकदा केही मिलभगत देखिन्छ’, खनालले भने, ‘त्यसलाई सबै मिलेर निरुत्साहन गर्नुपर्छ ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्