Logo

विकिन लिम्बुको फेरो नाङ्गो जुलुस (भिडियो सहित)


काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन गरिएको छ । लोकतन्त्र धर्म निरपेक्षता कार्यन्वयन गर,राष्ट्रिय जनावर गाई होइन,कस्तुरी मृग वा एक सिंगे गैडा राख भन्ने व्यानर सहित लिम्बु र उनका सर्मथकहरुले नारा लगाएका थिए । गाईगोरुको मासु खान पाउनु पर्छ, सबै जनावर उस्तै हुन भन्दै सिहंदरबार भित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् ।

लिम्बुको टिममा जम्मा सात जना रहेका थिए । उनीहरु कुनै प्रशासन र पप्लिकलाई थाहै नदिई एक्कासी दक्षिणी गेटबाट आएर नारा लगाएका थिए । नारा लगाउदा लगाउदै बिकिन लिम्बु,रेवत मगर,सोनम माझी,अनोज तितुङ तामाङ,अमृत सुनार,विदुर श्रेष्ठ,रमेश गिरी,किशोर मगर, लगायतलाई प्रहरीले पक्राउ गरेका हुन् । करिब ६ मिनेट मात्र उनीहरुले नारा लगाउन पाएका थिए । निकै साहसी र आँटी लिम्बुले गत बर्ष पनि पुरै नाङ्गो रुपमा एकलै आन्दोलन गरेका थिए ।

पक्राउ परेका उनीहरुसबैलाई बिनाशर्तमा नै प्रहरीले शुक्रबार बेलुका रिहाई गरेका छन् । रिहाई पछि कलाखबसँग कुरा गर्दै आफूहरुको आन्दोलन सफल भएको लिम्बुले बताउनु भयो । प्रहरीले हिरासतमा कुनै यातना पनि नदिएको र सामान्य सोधपुछ पछि बिना शर्तमा नै छोडिदिएको लिम्बुले बताए । जब सम्म आफूहरुको माग पूरा हुदैन त सम्म बेलाबेलामा सिंहदरबार घच्घच्याइँ रहने पनि लिम्बुले जानकारी दिए ।

https://www.youtube.com/watch?v=w1k9sL_UPJY

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्