Logo

तालिवान समूह सँगको शान्ति प्रक्रिया रद्ध गरे अमेरिकालाई ठुलो नोक्सान


अफगानिस्तानमा क्रियाशील तालिवान समूहले शान्ति प्रक्रिया रद्ध गरेर अमेरिकालाई नै धेरै नोक्सान हुने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको शनिबार ट्विट गर्दै तालिवान समूह सँग १ वर्ष अघिदेखि जारी रहेको शान्ति प्रक्रिया रद्ध गर्ने घोषणा गरेका थिए ।  गएको बिहीबार तालिवान समूहले काबुलमा गरेको आक्रमणमा १ जना अमेरिकी सैनिक सहित १२ जनाको मृत्यु भएपछि अमेरिकी राष्ट्रपतिले पछिल्लो कदम चालेका हुन् ।

आइतबार एक वक्तव्य जारी गर्दै तालिबान समूहले अमेरिकाको निर्णय परिपक्व र अनुभवहीन भएको जनाएका छन् ।  सो समूहले वार्ताको अन्तिम चरण सम्म सबैकुरा ठीक ढंगले चलेको समेत जनाएको छ ।  अमेरिकी राष्ट्रपतिले आइतबार अफगान राष्ट्रपति सहित तालिवानका नेताहरु सँग पनि अमेरिकामा नै वार्ता गर्ने कार्यक्रम रहेकोमा ट्रम्पले अचानक प्रक्रिया रद्धको घोषणा गरेका थिए ।

सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा सञ्चालन गरिएको सैन्य अभियानका क्रममा अहिले सम्म गठबन्धनका ३५०० सदस्यको मृत्यु भएको छ जसमा २३०० अमेरिकी मात्रै छन् । तालिबान समर्थित र सर्ब साधारणको मृत्युको गणना गर्न नै अप्ठेरो रहेको छ ।  पछिल्लो पटक सन् २०१९ मा संयुक्त राष्ट्र संघको एक रिपोर्टमा त्यहाँ ३२ हजार भन्दा बढी सर्ब साधारणको मृत्यु भएको जनाइएको थियो । (बीबीसी)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्