Logo

मंगलबार “आइफोन ११” लन्च हुँदै, कस्तो छ त नयाँ ‘आइफोन ११ प्रो’ ?


एजेन्सी । आगामी मंगलबार स्मार्ट फोन निर्माणकर्ता एप्पल कम्पनीले आइफोनको नयाँ सिरिज सार्वजनिक गर्नेछ जसबारे विगत केही समय देखि अधिक चर्चा भइरहेको छ । तर यता ग्राहकहरु उत्साहपूर्वक नयाँ आइफोनको प्रतिक्षा गरिरहँदा एप्पल भने यसपटक सबैको अपेक्षाअनुरुप प्रस्तुत हुन नसक्ने प्रति ठूलो चिन्ता व्यक्त गरिएको छ ।

किनकि यसका प्रतिस्पर्धीहरुले फोल्डिङ फोन, फाइभजी प्रविधियुक्त मोबाइल लन्च गरिरहँदा नयाँ आइफोनमा भने यस्ता कुनै अप्रत्याशित डिजाइन नहुने र धेरै हदसम्म पछिल्लो मोडल जस्तै हुने बताइएको छ ।  मंगलबार आफ्नो क्यालिफोर्नियाको हेडक्वाटरमा एप्पलले सम्भावित रुपमा सधैँझैँ तीनवटा आइफोन सार्वजानिक गर्नेछ– आइफोन ११ प्रो, आइफोन प्रो म्याक्स र आइफोन ११ जसले यसअघिका एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडललाई प्रतिस्थापन गर्नेछन् ।

यसका साथै आइफोनले केबल ४५० डलरबाट सुरु हुने अर्को एक सस्तो मोडल पनि ल्याउने अनुमान गरिएको छ ।

सबै डिभाइस पछिल्लो वर्षकै मोडलको हुने तर क्यामरा र भिडियो फिचर भने केही फरक रहने बताइएको छ । नयाँ आइफोन ११ को क्यामेरा प्रणालीमा पछाडि पट्टी ३ वटा क्यामरा हुने कुरा यसअघि चर्चामा आइसकेको छ ।

जसमध्ये अतिरिक्त क्यामेराले अल्ट्रा– वाइड एङ्गल प्रदान गर्नेछ भने आर्टिफिसियल इन्टिेलिजेन्स एआइ युक्त सफ्टवेयर पनि जडान गरिएको हुनेछ । त्यसले फोटो र भिडियो एडिटिङ फिचरमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।

त्यसैगरी नयाँ आइफोन प्रो व्यासायिक रुपमा शक्तिशाली अर्थात अधिक क्षमतावान् प्रयोगकर्ताका लागि लक्षित रहेको बताइएको छ ।

तर पनि यसका प्रतिस्पर्धीहरुले फोल्डिङ फोन, फाइभ– जीलगायतका चुनौतीमय तरिका अपनाइरहँदा एप्पल भने आफ्नै गतिमा अघि बढ्ने निर्णय गरेको हो ।

जसलाई पनि जोखिम युक्त नीति नै बताइएको छ । किनकि आइफोनको व्यापार अझै पनि एप्पल कम्पनीको सबैभन्दा ठूलो आम्दानीकर्ता हो । यस्तोमा पछिल्ला केही महिनामा आइफोनबाट प्राप्त आम्दानीमा दुई अङ्कको गिरावट आएको छ ।

यसकारण पनि नयाँ आइफोन कम्पनीका लागि महत्वपूर्ण रहनेछ । चीनसँगको व्यापारिक युद्ध र अपग्रेडका लागि ग्राहकहरुले लामो समय कुर्नु परेका कारण नै व्यापारमा त्यति ठूलो क्षति भएको बताइएको छ । व्यापारिक युद्ध पछि चीनमा आइफोनको मागमा ठूलो गिरावट आएको हो । यसबारेमा एबीआइका रिसर्च एनालिस्ट डेभिड मेक्वीन भन्छन्, “एप्पलले आफ्नो डिजाइनमा ठूलो परिवर्तन ल्याएमा मात्र उच्च लाभ हासिल गर्न सक्नेछ । तर कम्पनीका लागि यो हरेक वर्ष गर्न सम्भव छैन ।”

उनले एप्पलको आइफोन ५ एस मोडल बाट आइफोन ६ तर्फको ठूलो बदलावको संकेत गरेका हुन् । एप्पलका लागि त्यो वर्ष ऐतिहासिक साबित भएको थियो ।

यस्तोमा यो वर्ष एप्पलको प्रमुख प्राथमिकता द्रुत गतिको प्रोसेसर, फेस आईडीमा सुधार र नयाँ क्यामरा सँगै थ्रीडी टच हटाउने लगायत रहेको कम्पनीको भनाइ छ ।

त्यस्तै यसले ब्याट्री बचाउने डार्क मोड, अपरिचित कललाई साइलेन्ट गर्न मिल्ने, टाइप गर्न औँला नउठाइ केबल स्वाइप गर्नुपर्ने लगायतका नयाँ फिचर पनि ल्याएको छ ।

त्यसैगरी ‘इन टच आइडी सेन्सर’ का लागि चाहिँ अझै अर्को वर्ष कुर्नुपर्ने भनिएको छ ।

यसैगरी आइफोनमा फाइभ–जी का लागि पनि अझै एक वर्षको समय थपिएको हो ।

त्यसैले यी फिचर बिना एप्पलका लागि यो पटकको आइफोन लन्च चुनौतीमय हुने प्राविधिकहरु बताउँछन् । मंगलबार आइफोन ११ का साथै एप्पल वाच पनि लन्च हुने यस अघि कम्पनीले जानकारी गराएको थियो ।  सीएनएनबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्