झापामा अधिकृतको गाडीमा बम बि-स्फोट

झापाको गौरादह नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम बिस्फोट भएको छ । गए राति गाडीमा बम बिस्फोट भएको हो ।
राति साढे १२ बजेतिर गाडीलाई लक्षित गरी बम प्रहार हुँदा गाडी पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डि एस पी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । बम बिस्फोट बाट मानवीय क्षति वा चोटपटक भने लागेको छैन ।
बिस्फोटको जिम्मा कसैले पनि लिएका छैनन् । तर यस किसिमका घटनामा विगतमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराउने गरेकाले यसमा पनि सोही समूहको संलग्नता रहेको प्रहरीको अनुमान छ ।