पाकिस्तानले भारतका राष्ट्रपतिलाई लगायो आकाश मार्गमा रोक
पाकिस्तानले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको विदेश भ्रमणका लागि पाकिस्तानी आकाश मार्ग प्रयोगको अनुमति दिन अस्वीकार गरेको छ । इन्डिया टुडेको अनलाइनले जनाए अनुसार पछिल्लो पटक काश्मीरबाट संविधानको धारा ३७० हटाइएपछि आफ्नो आकाश मार्ग भारतलाई प्रयोग गर्न नदिने पाकिस्तानले जनाएको थियो ।
भारतीय राष्ट्रपति भोलि सोमबार देखि आइसल्याण्ड, स्वीजरल्याण्ड र स्लोभेनियाको भ्रमणमा जाँदैछन् । पाकिस्तानका विदेश मन्त्री शाह मुहम्मद कुरैशीले भारतका राष्ट्रपतिका तर्फबाट उडान अनुमति मागिएको भए पनि त्यसलाई अस्वीकार गरिएको जनाएका छन् ।