Logo

देश समृद्धिको लागी हाइड्रोपावर कोशेढुंगा मा. भट्टराई


– मान्सुङ चाम्लिङ

प्रकृतीक जलस्रोतको रुपमा धनी मानिने जिल्लाहरु मध्ये खोटाङ, वखलढुंगा र सोलुखुम्बु पनि मुख्य मानिन्छ । तर यहाँको जलस्रोतलाई सदुपयोग गर्न नसक्दा बर्षों देखी त्यसै खेर गइरहेको छ । पछिल्लो समय सरकारको संयोजनमा दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको अन्तिम चरण पुगेको छ । सोही क्रममा स्थानिय समूदायहरु र आदिवासीहरुको स्वतन्त्र सुसुचित पूर्व सहमित लिन प्रथम चरणको कार्यक्रम अन्र्तगत हलेसी तुवाचुङ नगरपालीकाको वडा नं.८ धितुङमा वातावरणीय प्रभावकारी मूल्यांकन कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा आफ्नो विचारहरु राख्ने क्रममा माननीय विशाल भट्टराईले भन्नु भयो नेपाललाई विकास तर्फ समृद्धि गर्नको लागी हाइड्रोपावर कोशेढुंगाको रुपमा हुने अभिव्यक्ति दिनुभयो । जनताहरुले सकारात्मक कुरा लिनुको साटो हरेक विषयलाई नकारात्मक सोचाई र व्यवहार मात्र लिने हुनाले विश्वको इतिहासमा इथोपिया प्रमथ स्थानमा रहँदै गर्दा नेपाल छैटौं स्थानमा रहेको छ । यसकारण खेर गइरहेको पानीको स्रोतलाई सही रुपमा सदुपयोग गर्न बन्न लागेको हाइड्रो पावरले निश्चित रुपमा यस भेगको जनता मात्र होइन नेपाललाई नै फाइदा पुग्ने सुझाउनु भयो ।

थप्दै माननीयले भन्नु भयो संसारको दश ठुला आयोजनाहरुको हाइड्याम मध्ये यो पनि एक हो । संसारको फरकपन भएको जलयोजनालाई अवलोकन गर्न संसारभरका पर्यटकहरु भित्रिनेछन् । यसले आर्थिक वृद्धिमा सकारात्मक रुपमा परिवर्तन ल्याउँछ । यस परियोजनामा हरेक जनताहरुले शेयर हाल्न पाउनेछन्, आफ्नो आर्थिक आय नभए त्यही परियोजना काम गरेर समेत शेयर लगानी गर्न सकिने स्पष्ट पार्नु भयो ।

आफुले खासगरी राज्यसँग समन्वय गरिरहेको मध्ये प्रमानमन्त्रि र अर्थमन्त्रिसँग भेट्दा खोटाङ जिल्लाको हकमा आफुलाई दुईवटा प्राजेक्टले झकझकाइरहेको सम्बन्धित निकायहरुले सम्झाइरहेको समेत बताउनु भयो । जसमा हलेसी र दुधकोशी हाइड्रो परियोजना हो । यसकारण यस भूमीको मात्र होइन राज्यलाई नै विकास गर्नको लागी हुन लागेको परियोजनाले खास त्यस्तो कुनै ठुलो असर नगर्ने माननीयले प्रष्ट पार्नु भयो । यदी परियोजनाले केही कतै असर पर्न गएको खण्डमा यसको प्रत्यक्ष आवाज माननीयको हिसाबले आफुले नेतृत्व गर्दै जनताको अधिकारको लागी लड्ने प्रतिवद्धता जाहेर गर्नुभयो । आयोजनाले जनतालाई आर्थिक रुपमा मालिक बनाउँदै जिल्लालाई यस मार्फत रोयल्टी समेत दिलाएर समृद्धि तर्फ समाज र देशलाई विकास गर्ने प्रतिवद्धता गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सरोकार समाजका अध्यक्ष रमेश पौडेलले यो परियोजना जनताको हितको लागी ल्याउन लागिएको हुनाले आफु र सरोकार यस बारेमा हरदम सचेत रहेको अवगत गराउनु भयो । कार्यक्रमको अध्यक्षता गर्नु भएका हलेसी नगरका मेयर इबनराईले यो परियोजना जनताको हितमा भएकोले कुनै वाधा अवरोध गर्न नहुने सचेत गराउनु भएको थियो । उक्त कार्यक्रम खोटांङको हलेसी तुवाचुङ नगरको धितुङ, रावावेसीं गाउँपालीका, दिक्तेल, वखलढुंगा र प्रदेश १ को राजधानी विराटनगरमा समेत गरिने जानकारी कार्यकारी वसन्त श्रेष्ठले बताए । कार्यक्रममा विगत दुईवर्ष देखी गरिएको प्राकृकित अध्ययन जसमा वन, जंगल, खोलानाला, जनवार, पशुपंक्षी, वनसपति लगायत सबै विषयको अध्ययन प्रतिवेदन विज्ञहरुले प्रस्तुत गरेका थिए ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्