पेस्तोलसहित ७ जना माछापोखरीबाट समातिए

काठमाडौंको माछा पोखरीबाट पेस्तोल सहित ७ जना समातिएका छन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर मुचुल्का उठाउँदैछ ।
काठमाडौं प्रहरी परिसर टेकुले चलाएको विशेष अपरेसनमा ७ जना समातिएका हुन् । प्रहरीले पेस्तोल के प्रयोजनमा लागि बोकिएको थियो भन्ने खुलेको छैन ।