Logo

सुनसरीमा २ शैक्षिक संस्थामा विप्लवले गरे बम विस्फोट


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम विस्फोट गराएका छन् ।

सुनसरीको इटहरी उप महानगर पालिका स्थित सुष्मा गोदावरी कलेज र धरान उप महानगर पालिका स्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा विष्फोट गराइएको हो ।

बम बिष्फोट गराएर स्थानीय वासीमा डर, त्रासको अवस्था सिर्जना गर्ने र चन्दा आतंक मच्चाउने योजनाको साथ शैक्षिक संस्थामा विस्फोट गराएको हुन सक्ने सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र विस्फोटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्