Logo

मेलम्चीको काम ठप्पपारी ठेकेदार सीएमसी आन्दोलनमा


सरकारले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै ठेकेदार सीएमसी द्वारा पीडित संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम ठप्प पारेको छ। यसअघि विभिन्न माग राखेर आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको भन्दै सीएमसी पीडित संघर्ष समितिले बुधबार देखि आयोजनाको काम ठप्प पारी आन्दोलन थालेको हो।

आयोजनाको जिम्मा पाएको इटालियन कम्पनी सीएमसीले काम छोडेर भागेपछि उसको करारमा रहेको लोकल भेन्डर, सबकन्ट्राक्टर, स्थानीय मजदुरले भुक्तानी पाउनुपर्ने मुख्य माग समितिले राखेको छ।

समितिले दुई महिना अघि पनि आयोजनाको काममा अवरोध गरी आन्दोलन गरेको थियो। पछि सरकारले निर्णय गरेर उक्त समस्याको समाधान गर्ने आश्वासन पाएपछि समितिले आन्दोलनलाई स्थगित गरेको थियो।

दुई महिना सम्म पनि मागको केही अंश पनि पूरा नगरेकाले आन्दोलनमा उत्रिनु परेको समितिका संयोजक उत्तर कुमार श्रेष्ठले बताउनुभयो। ‘हामी हाम्रो माग प्रति कठोर छौं। काम गरेको भुक्तानी पाउनु पर्ने मुख्य माग हो। हामीले दोस्रो पटक आज (बुधबार)बाट फेरि आन्दोलन थाल्यौं’, उहाँले भन्नुभयो– ‘यो वार कि पारको आन्दोलन हो।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्