प्रेस सेन्टर नेपालको धमाधम गठन हुँदै : सुदुरपश्चिमा अध्यक्ष भिम बिक
कैलाली । प्रेस सेन्टर नेपालले आज केलालीको लम्की सम्पन्न गरेको सुदुरपश्चिम प्रदेश समितिको भेला तथा प्रशिक्षण कार्यक्रमबाट पत्रकार भिम बिकको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति निर्वाचित भएको छ ।
प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको विशेष आतिथ्यता तथा संगठनका नेता भिम बिकको सभापतित्वमा सम्पन्न उक्त भेला तथा प्रशिक्षण कार्यक्रमबीच पत्रकारको प्रदेश कमिटि निर्वाचित भएको हो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेशका इन्चार्ज रंगनाथ ढकाल प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य ज्ञानु बम, शोभा आचार्य लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम लम्की बजार स्थित होटेल लक्ष्मीमा सम्पन्न भएको थियो ।
भेलाले श्रमजीवी पत्रकारको हक, हित तथा अधिकारको पक्षमा संघर्षका विविध कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष डम्मर बुढाले सञ्चालन गरेको उक्त कार्यक्रममा संगठनका अध्यक्ष जैसीले पत्रकारले सामाजिक रुपान्तरणको अभियानमा खेल्नुपर्ने भूमिकाको बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा सहभागिहरुले संगठनलाई सुझाव सल्लाह सहित शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा दर्जन बढीको उपस्थिति रहेको थियो ।
पछिल्लो समयमा प्रेस सेन्टर नेपालले देशव्यापी रुपमा प्रदेश र जिल्ला भेला, सम्मेलन तथा तालिम, प्रशिक्षण जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।