(क्रान्तिकारी)का महासचिव रायमाझी ६६ औं वाणिज्य दिवस समारोहमा सम्मानित

१८ भदौ, काठमाण्डौ । अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव सुन्दर रायमाझी त्रिभुवन विश्वविद्यालयको ६६औं वाणिज्य दिवसको अवसरमा आयोजित अभिनन्दन कार्यक्रम २०७६—०५—१७ मा शैक्षिक सत्र २०७२—०७४ समुहको मास्टर्स डिग्री इन विजनेस स्टडीस (एम.बि.एस) मा सर्वोच्च अङक प्राप्त गरी डाक्टर गोविन्दराम अग्रवाल पदक वाट विभुषीत भएका छन् ।
उनलाई त्रिभुवन विश्वविद्यालय को ६६ औ वाणिज्य दिवस समारोहमा सम्मान गरिएको छ । उनले एम.वि.एस. मा मास्टर्स डिग्रीमा सर्बोउत्कृष्ट हुँदै गोल्ड मेडल, प्रमाणपत्र सहित नगद पुरस्कारले सम्मानित गरीएको छ ।
उनी ग्रामिण विकास तथा सरोकार केन्द्र नेपालको अध्यक्ष समेत रहेका छन । हाल रायमाझीले त्रिभुवन विश्वविद्यालय वाट एम.फिल र नेपाल ल क्याम्पसवाट एल. एल. बि. गर्दैछन् ।