Logo

घरेलु कामदारलाई दुर्व्यवहार नभएको नेपाल सरकारको दाबी


संयुक्त राष्ट्र संघको मानवअधिकार समितिले नेपालमा घरेलु कामदारलाई दुर्व्यवहार गरिएको र उनलाई क्षतिपूर्ति दिनुपर्ने आग्रह गरेकोमा सरकारले त्यसलाई आधारहीन भनेको छ ।  प्रधान मन्त्रीको कार्यालयका सह सचिव कौशल चन्द्र सुवेदीलाई उद्धृत गर्दै थम्पसन रोयटर्स फाउण्डेसनका तर्फबाट तयार पारिएको समाचारमा राष्ट्र संघ समितिको रिपोर्टलाई आधारहीन भनिएको छ ।

निर्धारित समयमा त्यस्तो उजुरी परेको पनि नपाइएको उनले जनाएका छन् । नेपाल मानव अधिकारका  अन्तर्राष्ट्रिय मूल्य र मान्यताप्रति प्रतिबद्ध रहेको समेत उनले जनाएका छन् ।

काठमाडौं प्रहरी प्रमुख उत्तम राज सुवेदीले समेत संयुक्त राष्ट्र संघको तर्फबाट आएको कुराको खण्डन गरेका छन् । उनले रोयटर्स सँगकै कुराकानीमा प्रहरीले कसैलाई पनि यातना दिने नगरेको र प्रहरीमा यातना विरुद्ध तालिम र मापदण्ड रहेको समेत जनाएका छन् । उनले कसैले गल्ती गरेको पाइएमा कारवाही गर्ने समेत जनाएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्