Logo

उदयपुरमा गोरु काटेको अभियोगमा चार जना किराती पक्राउ


उदयपुर । उदयपुरमा गोरु काटेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका– ३ हातिसारका ५० वर्षीय रामप्रसाद राई, २५ वर्षीय प्रमिन राई, २१ वर्षीय मनिष राई र ५६ वर्षीय रामकुमार राईलाई शनिबार पक्राउ गरेको हो ।

उनीहरुले मासु खानका लागि आफ्नै घरको गोरु काटेका थिए । उक्त सूचना प्रहरीमा पुगेपछि उनीहरु पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर बुद्धी चौलागाईँले गोरु काटेको सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको बताए ।

उनीहरुका साथबाट १०६ केजी गोरुको मासु समेत बरामद गरिएको छ ।
चौलागाईँका अनुसार उनीहरुले परिवारको सदस्य मिलेर आफ्नाे घरको गोरु काटेर खाने तयारी गरेको प्रारम्भिक बयान दिएका छन् ।

प्रहरी हिरासतमा रहेका उनीहरुमाथि मुलुकी अपराध संहित २०७४को दफा २८९ अनुसार मुद्दा चलाइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्