मुन्धुमको अर्थ र परिभाषा

विचार/ब्लग

 

राधा राई

मुन्धुम किरात धर्म दर्शनको मुल ग्रन्थ हो । मुन + थुम Ö मुन्धुम, मुन + हल्लनु थुम Ö जीवन यसरी दुइवटा अलौकीक सन्धीबाट बनिएको अति जीवनशाली ग्रन्थको नाम हो । कहि यसलाई मुन +दुम Ö मुन्धुम अर्थात मुन Öहल्लीनु दुम Öजोडिनु भनेर पनि व्याख्या गरेको पाईन्छ । मुन्धुम ईश्वरीय शब्द र ईश्वरीय अश्त्र सस्त्र सबै हो त्यसैले मुन्धुम विना यो लोक देवलोक नर्कलोक र स्वर्गलोक केहि छैन । विश्व ब्रम्हाण्ड साराका सारा ज्ञात अज्ञात सम्पुर्ण ज्ञान सुत्र मुन्धुममा वणिर्त छ । त्यसैले मुन्धुम महाशास्त्र, महाज्ञान, तथा महादर्शन पनि हो । मुन्धुमबाट अविछिन्न अविरल रुपमा देव विद्या, राज विद्या, योग साधाना विद्या आदि प्रवाह भईरहन्छ । तसर्थ मुन्धुमको व्याख्या विश्लेषण गर्नु असम्भव मात्र नभई आवर्णनिय छ भन्दा त्याति फरक नहोला। -यासेली योङहाङ)

किरात शब्द बैदिक कालदेखि नै मुल रुपले प्रयत्त हुदै आएको देखिन्छ । नेपालदेखि समुद्र पर्यन्त शासन गर्ने किरातहरु नै हुन् । कृÖ विक्षेपे धातुबाट किररिती किर ः रुप हुन्छ । यसको अर्थ हो -अवस्करादि ः निक्षेपेस्थान पर्यन्तभुमि । किरमतन्ती Öगच्छन्ती येते किराता । ‘कृ’ विक्षेपे र ‘अत’ सातब्य गमने धातुबाट किरात शब्द बनेको छ ।-प्रपन्नाचार्य २०५१ । नेपालको इतिहासमा सवभन्दा लामो समय सम्म शासन गर्ने किरातहरु नै थिए -भण्डारी २०५७) किरातका कैयन वंशजहरु भएपनि कति थिए भन्नेकुराको खोज र गवेशण गर्नु जरुरी छ ।तर अहिले भने राई लिम्बु सुनुवार र याक्खाले मात्र आफुलाई किरात भन्दै आएका छन । भौगोलिक तथा एतिहासीक रुपमा किरातहरु वल्लो किरात , माझ किरात र पल्लो किरात क्षेत्रमा बस्दै आएका एक जातिलाई जनाउदछ ।

प्राचिनतम जातिका रुपमा रहेको किरात राई जातिको जीवन र जगतलाई नजिकबाट बुझने, थिति बाध्ने तथा समाज संचालन गर्ने छुÝै मौलिक दर्शन रहेको छ । त्यो हो मुन्धुम । त्रिपिटक, वाइवल, वेदवेदान्त र कुरान जतिकै महत्व राख्ने यो दर्शन अरुभन्दा फरक र मौलिक हुनुको कारण यो अझैपनि अनुश्रुतिमै बााचिरहेको छ र ताया, तंका,े नक्षो तथा मुन्धुमीहरुको मुखराविन्दबाट धारा प्रवाह बाचनहुदै आजसम्म निरन्तर अगाडि बढिरहेको छ, साथै मुन्धुमी शब्द भन्दा अर्थात विधिवत रुपमा जे जति मन्त्र उच्चारण हुन्छ त्यो सबै संगीतमय छ । मुन्धुमीहरु – नाक्छो नक्षो ताया तंको ) ले धारा प्रवाह बाचन गर्ने हरेक शब्द संगीतमय छ । बिशेष गरी पूर्वका राईको संस्कार संस्कृतिमा विभिन्न नाक्छोहरुले फलाक्ने -बोल्ने) शब्दका अर्थ भने एउटै भए पनि आ आˆनै भाषामा बोलिएको पाईएको छ । तर आजको भुमण्डलीकरण विज्ञान प्रविधिको तिव्रतर विकासले प्राचिनतम महत्वका विषयहरु लोप हुदै गईरहेका छन । जहासम्म किरात मुन्धुमको प्रश्न छ, यो अलिखित भएको कारण र मुलतः धामी, नाक्छोहरुबाट फलाकिने ९उभचायrmबलअभ०भएकोले र धामीहरुको उत्पतिको ह्रास सागै मुन्धुमको वास्तविक प्रयोगमा नै न्युनिकरण हुदै गएको देखिन्छ । -राई२०६७)

प्रकृतीको पुजन गर्ने विधि एवं धार्मीक सामाजिक संस्कार आदिमा परम्परगत तवरले विकसित हुदै आएको मौलीक कर्मकाण्डीय अनुष्ठान नै मुन्धुम हो । मुन्धुममा ब्रम्हाण्डदेखि मानिसको जीवन पद्धती व्यबहारदेखि पशु चराचुरुङगी प्राकृतीक बनस्पती आदिको सृष्टिदेखी अन्त्यसम्म व्याख्या गरीएको छ । किरातीहरुको धार्मीक संास्कृतीक विधि नाक्छुङ को नेतृत्वमा रहन्छ भने धार्मीक सास्कृतीक कार्यमा मुन्धुम मुखले फलाकीन्छ ।

 मुन्धुमको अन्तरनिहित विषयवस्तु र विशेषताहरु

मुन्धुमको समष्टिगत अध्ययनभित्र वायु, आकाश, पानी, असीना, आगो, सुर्य, चन्द्र, तारा, पृथ्वी, समुन्द्र, वनस्पती, जन्तु, मानव, आत्मा, खोला, नदि, समुद्र आदिको सृष्टि र विकास माङ, रुमुहाङ, पारुहाङ, रुवाबु, रिमेम, नायम, सुम्निमा, तोयामा खियामा, र नक्षोको सहयोगीहरु रिस राग पाप लोभ श्राप आशिर्वाद उपदेश मानिसका जन्मपूर्व र जन्मपछिका हरेक कर्महरु विवाह कर्म मृत्यु अन्नवाली लगाउने काटने भूमिलाई चढाउने सन्तान प्रप्तीका लागि गरीने कर्महरु लगाएत समाजसेवाका लागि गरिेने हरेक मानविय कर्मका विधि पर्दछ ।
मुन्धुमभित्र उपदेश र नैतिक संहिताका प्रसंगहरु पनि उठाइएको पाईन्छ । भीख मागेर खान नहुने , चोरी, ठगी गर्न नहुने , परस्त्री परपुरुष गमन गर्न नहुने लोभ डाह इष्र्या गर्न नहुने, घमण्ड र मानव हत्या गर्न नहुने, दैनिक माङ, पारुहाङ, सुम्निमालाई प्राथना गर्ने, पवित्रवस्तुहरुको रक्षा गर्ने, स्वधर्मको पालना गर्ने, जीवनको केहि समय मानव कल्लयाणको कार्यमा लाग्ने, अर्काको कुभलो नचिताउने, अन्नको सधै जगेर्ना गर्ने, आमा बाबुको सधै सेवा गर्ने, अन्यायमा परेकालाई बचाउने जस्ता कुराहरु पाईन्छ ।
मुन्धुमको आˆनो मौलिक विशेषताहरु रहेका छन । मुन्धुमको विशेषताहरु यस प्रकार छन ।
क) प्रकृति महान् छन् भनी आकाश, चन्द्र सुर्य, धरती, सिमे, भुमे, नदिनाला, धारा, पोखरी, नाग, नगेनी, आगो, जंगल, भिरपहरा, डााडा कााडा आदिलाई पुज्ने पृथ्वीलाई पिता मानी सम्मान गर्ने ।
ख) तिनचुल्हालाई घर दाजुभाई र कुटुम्बको प्रतिनिधित्व मानि सबैसंग सम्मान व्यवहार गर्ने ।
ग) आˆना मृत पुर्खाहरुलाई पितृशक्ति मानि उधौली, उभौलीमा न्वागी पुजा गर्ने ।
घ) शिकारीदेवहरुको पूुजा गरी मानवको आरम्भिक इतिहासको संरक्षण गर्ने ।
ङ) भाला, धनुकाड, तिर, खुर्पा, ढाल जस्ता हातहतियारको प्रयोग गर्ने ।
च) धार्मीक सांस्कृतिक तथा परम्परागत कार्य सम्पन्न गर्न धामी, नक्षो, फेदाङमा को प्रयोग गर्ने ।
छ) धार्मीक संास्कृतिक तथा परम्परागत कार्य सम्पन्न गर्न अदुवा, तितेपाति, केराको पात, चोखो जााड, चोखो रक्सी मर्चा कुखुरा, गोरु आदि पवित्र वस्तुको रुपमा प्रयोग गर्ने ।
ज) साइनोले हुने मात्र विवाह गर्ने । वैवाहिक सम्बन्ध सजातिय कुटुम्बसंग मात्र गर्ने ।
झ) मातृसत्ता र पितृसत्ता दुवैलाई समान मान्ने भएकोले दुवैको सामे या गोत्रो बाट बंश परम्परा चलाउने ।
ञ) विविध कारणले शिर ढलेमा शिर उठाउने व्यवस्था गर्ने ।

 मुन्धुमको महत्व

प्राग युग काल कालन्तर युग युगान्तरको बिकासक्रम प्राणी चेतना भुगोलको परिवर्तन एवं खउठान वैठान आदि मुन्धुममा स्पष्ट बयान छ । मनुष्य वंशमा सेमेटिक जाति भनिएका नस्ल भित्र सिन्तो, ताओ, किरात, कन्ˆयुसियस आलि धर्महरु देखा पर्दै गए । यिनै धर्महरु मध्य किरनत किरात धर्मालम्बीहरुको मुल शास्त्र मुन्धुमले समस्त मानव जाति लाई समष्टिमा सम्बोधन गर्छ ।
कालक्रममा बसाई सराईका क्रममा अनेकन नाम जाति धर्म र भाषामा विभाजित विश्वभरका करिव ६ अरव मानव सागरलाई एउटै परिवार बाट विभाजित हुन भन्ने कुराको मुन्धुमले स्पष्ट दिशावोध गर्दछ । -यासेली योङहाङ)

यति मात्र नभई मुन्धुम पूर्वीय दर्शन र पाश्चात्य दर्शन मानव सभ्यताहरु संग पनि मुन्धुमको त्यति नै तादम्यता रहेको पाईन्छ । चाल्र्स डार्वीनको मानव उत्पत्ति र मानव सभ्यताको बिकाश क्रम मुन्धुममा वणिर्त मानव सभ्यता संग झण्डै हु बहु मिल्न जान्छ । मुन्धुममा बर्णन भए अनुसार लाजिरी ला पोङमा तेम्वे, नाम्जीरी नाम्पोङमा तेम्वे, मेन्छाम्गेन नाम्याप्मी पोङमा तेम्वे, सिङयोक्तेत मुनाखाम तेम्बे नै मानव उत्पत्तिको मुख्य थलो हो । भने उता चाल्र्स डार्वीनले एसीयाको मध्य क्षेत्र नै मानव उत्पत्तिको केन्द हो भनेका छन । यसैगरी मानव विकासक्रमलाई मुन्धुमले मुसोदिन हायुम्वा याप्मी, नेवोदिङ हाबेप्पा याप्मी, सिङदाङगेन थुङदाङवा याप्मी आदि भनेर वर्णन गरेको छ भने पृथ्वीलाई घुमीरहन्छ भन्ने कुरा इक्सादिङ आम्वेकभनी पुकार गर्दछन । यी सामान्य उदाहरणहरु मात्र हेर्दा पनि मुन्धुम विज्ञान सम्मत छ भनी भन्न सकिन्छ । -यासेली योङहाङ)

इतिहास विहिन जीवनले हामीलाई पहिचान विहिन बनाउछ । जीवनको पूर्णताको लागी इतिहास जान्न आवश्यक छ । भुत र वर्तमान बुझन इतिहास पल्टाउनु पर्छ भने इतिहासले भविष्यको गर्भको अनुमान लगाउन सकिन्छ । यति महत्वका इतिहास पनि मुन्धुमको एउटा पाटो हो । दया, जीवन, सुकर्म, सत्य एवं अहिंसा आदिको सार तत्व भनेको धर्म हो । अस्तीत्व ज्ञान र जीवन पहिचान आदिको जड हो धर्म । धर्मको पनि मुल मर्म र आधार हुन्छ । मुन्धुम किरात धर्मको आधार हो । मुन्धुम हामी किरात धर्मालम्बीहरुको मुल आधार त हो नै तथापी सम्पुर्ण मानव र प्राणीहरुको लागि आधार हो जीवन हो भन्दा अत्युत्ती नहोला । यस कारण पनि मुन्धुमको महत्व सम्पुर्ण जीवन जगतका लागि अत्यन्त महान र महत्वपुर्ण छ ।

विभिन्न संस्कार,सस्कृतिमा बोलीने मुन्धुमी मन्त्रहरु

किरात राईहरुको मुन्धुम लेख्य रुपमा नभएका कारण लोप हुदै गईरहेका छन भन्नलाई अप्ठयारो मान्नु पर्दैन । त्यसैले आˆनो भाषा संस्कार संस्कृती बचाउन केहि किराती विद्धानहरु द्धारा लिपीबद्ध गर्न थोरै मात्रामा भए पनि शुरुवात गरेको पाईन्छ । यसै क्रममा भोजपुरका जयप्रकाश मुकारुङ को भनाई अनुसार राई बान्तावाले प्रयोग गर्ने केहि मुन्धुमी मन्त्रहरु यस प्रकार छ ।

जीवन कर्म : न्वारान

ल है आजदेखि त तिम्रो नाम फलानो/फलानी हो है । हिजोसम्म इश्वरका छोरा/छोरी, घामकोछोरा/ छोरी, जुनको छोरा/ छोरी थियौ । तिम्रो आमाको गर्भमा पैदा भई दश महिनासम्म बसेर तिम्रो आमाको कोखबाट जन्मेर -राजपुत्र वा राजपुत्री) कहलियौ है Û आजदेखि तिमी बढने बढालो, लंगालो-फैलिने राजाको सुवास चल्ने -मानव राजपुत्र ,कूल घरनिया राजपुत्री) नै कहलियौ है । शक्तिशाली, साहसी, बुद्धिज्ञानी, बोल्नु, गाउनु, लेख्नु, इतिहासकारी, जान्नेबुझने राजपुत्र, राजपुत्री पो भएर बस्नु । शत्रुबैरी रिसराग गर्ने आाखीडाहीहरु परपर, अघिपछि जतै थिचो परपरै हटोस, पन्सियोस । रापिलो शक्ति, तापिलो शक्ति भइदिनु । अपि्रय घटना, अकाल अल्पायु मृत्यु नहुनु है Û पूरा आयु चिरायु भएर बस्नु है

अन्नाप्रसन

पहिलो भात खुवाउदा भन्ने मन्त्र ल है, तिमी -फलाना,फलानी) त बढने बढालु वीरपुत्र, चेलीपुत्री भयौ । त्यसैले त आज यो खाने पदार्थ भात, तिहुन,फलफुलहरुले तिम्रो बल शक्ति आउने बाच्नु बढनु भनेर यो पहिलो खाने पिउने जिजुजिमा -बाजेबोजु) को हात मार्फत सगुनको रुपमा चादिको चम्चाले खानु पिउनु दिदैछौ है ।खाई पिई तिम्रो बल शत्ति आओस । जीउ बढोस । वीरछोरा, साहसी छोरा, बुद्धिज्ञानी हुनु है

छोराको छेवर

छोराको पहिलो पटक कपाल खौरदा भन्ने मन्त्र ल है आजदेखि तिमी -फलाना) नवजवान छोरा बढालो छोरा, वीर छोरा भएका छौ । त्यसैले त परापूर्वका विद्धानहरुको मुन्धुममा मामा हरुले पहिलो केश खौरिने चलन जिजुबाजेहरुले गरिल्याएका हुन । त्यसैले गर्दा आज तिम्रो पनि तिम्रो मामाको हात लच्छिनबाट पहिलो पटक केश खौरीदियौ र यो नया दौरा सुरुवाल टोपी जुत्ता लगाई दिएर आशिर्वाद दिदैछौ है । सिद्धिशक्ति, अन्न रुपैयाले भरीपुर्ण होस । ज्ञानबुद्धि, कलाकारिता लेख्नु, पढनु, बोलीबचन भरीपूर्ण होस । छोरीलाई गुन्युचोलीमानयाा लुगा दिएर आशिष दिने मन्त्र ल है तब Û आजदेखि तिमी -फलानी) जवान छोरी, बढेको छोरी, वीर छोरी, इज्जती छोरी, फक्रेकी फुल, छोरीचेली हुर्कियो विवाह गर्न योग्य भएको सन्दर्भमा तिम्रो आमा बाबाले पहिलो नया लुगा, गहना ओढाईदिदै, पहिराईदिदै आशिष दिन्छौ है ।साहसी छोरी, इज्जती छोरी, बुद्धिमानि हुनु । पूरा आयुको चिरायु भएर बस्नु है

विवाह

बेहुली दिदा बोलीने मन्त्र लौ त विर कुटुम्ब हजुर Û मेरो ह्रदयको फुल, फक्रेको फुल, दुखकी छोरी, बढेकी छोरी त कोक्रोमा बस्ने, भात खुवाउनु पर्ने, बाबु आमाले चलन नगराएको, सीप नभएको भन्दा भन्दै बचनले टार्न सकिन, रोक्न सकिन । लौ तब तपाईहरुको मिठो बचनले पक्रनुभयो, मिठो बचनले जित्नुभयो । आजदेखि मेरी छोरीलाई तपाईहरुको साथमा सुम्पदैछु ।

मृत्यु

मृत शरीरलाई माटो दिने मन्त्र लौ तिमी -फलाना, फलानी) को यो तिम्रो सुनौलो घर, रुपौलो घर चिहान घरमा तिम्रो मृतक शरीरलाई श्रदाञ्जली राख्दै छौ । त्यसैले ता यो तीन मुटठी माटो देब्रे हातले दिदैछौ । यो माटोले बल तागत दिएर र यो पृथ्वी जहिलेम्म भत्कदैन बग्दैन तबसम्म तिमी मृतक बसिखानुबाचिखानु है । आजदेखि तिम्रो घर यहाा नै भयो ।

मुन्धुम बाचनमा साङ्गिितक महत्व

किरातीहरुको सामाजिक धार्मीक संस्कार आदि परम्परागत मौलिक कर्मकाण्डीयको अनुष्ठान नै मुन्धुम हो । मुन्धुमको आˆनोछुÝै मौलिक विशेषताहरु रहेको छ । मुन्धुम अहिले सम्म अनुश्रुतिमा नै बाचेको कुरा अगाडि नै अवगत गराइसकेको छु , जुन अहिले सम्म लिखित रुपमा आउन सकेको छैन । यसैगरी मुन्धुम फलाकदा हरेक मुन्धुमी शब्दहरु लयात्मक रहेको छ । यसको साथै लयात्मक मात्र होइन कि अन्य बाजा हरु पनि प्रयोग गर्ने गरीन्छ । किरातीहरु अन्य धर्मालम्बिहरु जस्तै संस्कृतीमा पनि निकै धनी नै देखिन्छ । मानिसको जन्मदेखि मृत्युपर्यन्तसम्म विभिन्न प्रकारको कर्मकाण्डहरु गर्नु जरुरी हुन्छ भने अर्कोतिर विभिन्न चाडपर्वहरु पनि छुÝै प्रकारले मनाउदै आएको पाईन्छ ।

मुन्धुममा भने बमोजिम आफु भन्दा ठुलालाई आदर सम्मान गर्नु भनीएको हुदा केहि शुभकार्य वा नया काम शुरु गर्नु अघि ठुलाबाट आशिर्वाद लिने गरेको पाइन्छ र हरेक कर्म गर्दा पुर्खा वा नाक्छो द्धारा नै मुन्धुम फलाकिने गरिन्छ । मुन्धुम फलाक्दा के संगीतमय हुन जरुरी छ त ? मुन्धुमी शब्दलाई मात्र बोल्दा हुन्छ कि हुदैन ? भन्ने बिषयमाथि खोज अनुसन्धान गर्दा विभिन्न नाक्छो या पुर्खाहरुको भनाइमा मुन्धुम बाचनमा संगीतमय हुनु नै यसको मुख्य विशेषता रहेको कुरा जानकारी दिईएको पाईन्छ । किरातीहरुको विभिन्न संस्कार संस्कृतीले गर्दा नाक्छोको आˆनो शक्तीको गुरुसंग बल माग्ने कार्य गरेको हुन्छ ।

(व्यक्तिगत विचार हो)