देश कम्युनिष्टमय भईरहँदा विदेश पनि रंगियो : सम्माननीय देउवाले भन्नुभयो देश कम्युनिष्ट राज्य भयो
– राजु बिक्रम चाम्लिङ
नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया देशमा चलिरहँदा कम्युनिष्ट पार्टीको एकताले जनतामा महाभूकम्प नै पैदा गराइ रहेको छ । सामान्य हिसाबले एकिकरणको चरण ढिला जस्तो भएतापनि प्रक्रियागत रुपमा एकीकरण भइरहेको हुनाले यसले अझ संगठनलाई चलाएमान रुपमा संगठित गर्दै पार्टीलाई महासागर बनाइरहेको सबै कार्यकर्ताहरुले आभास गरिरहेका छन् ।
फलस्वरुप केन्द्रिय स्तरमा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानिय तहहरुमा एकता र संगठन निर्माण दिन रात अगाडी नै रहेको छ । यसले देशमा कम्युनिष्टमय भएको नै छ । अझ यसलाई पुष्ट्याईको रुपमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भाद्र ११ गते ललितपुरको एक कार्यक्रममा सरकारले देशलाई कम्युनिष्ट राज्य बनाउन लाग्यो भनेर प्रमाणित नै गरि सक्नुभयो ।
कम्युनिष्ट सरकार भएको ठाउँमा यो हुनु स्वाभाविक नै हो । यसै क्रममा राष्ट्रिय युवा संगठन नेपालका संयोजक तथा नेकपा केन्द्रि सदस्य रामप्रसाद सापकोटा (क.दीपशिखा) तथा प्रदेश कमिटी सदस्य तथा साविक वाईसियल महासचिव सुवोध शेर्पाली, दुबईमा प्रवासी नेपालीको समस्या र नेपाल बारेमा दुबईमा रहेर श्रम तथा व्यावसाय गरेर बसेका नेपालीहरुसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको आयोजना नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली मञ्चले गरेका थिए । यही क्रममा नेकपाका प्रदेश १ सचिव तथा केन्द्रिय सदस्य मा. सुरेश कुमार राई (क.हिमाल) लगायत माननीयहरु सिंगापुर, अष्टे«लिया, खोटाङ जिल्ला पार्टी इन्चार्ज तथा केन्द्रिय सदस्य मा. विशाल भट्टराई युरोप भ्रमण, भोजपुर इन्चार्ज तथा केन्द्रिय सदस्य मा. सुदन किराती, मा. प्रदिप यादव लगायत माननीयज्यूहरु जापान भ्रमण तथा खोटाङ जिल्ला कमिटी सदस्य देवान राई युरोपमा रहेका छन् ।
भ्रमणको क्रमसँगै समसामयिक विषयहरुमा छलफल, राजदुतावास लगायतहरुमा छलफल भेटभाट जस्ता क्रियाकलाप भएको भ्रमणमा रहनु भएका माननीयहरुले बताउनु भयो ।