Logo

माननीयहरुको टोली अष्ट्रेलिया र सिंगापुरतिर


– दिना राई

प्रदेश नं.१ नेकपा पार्टी सचिव तथा संघिय माननीय सुरेश कुमार राई (क. हिमाल) लगायत आधा दर्जन माननीयहरु एशियाको विकसित राष्ट्रहरु अष्ट्रेलिया र सिंगापुर भ्रमणमा रहेका छन् ।

एशियाको देशहरु मध्ये पछिल्लो समय ३० वर्षको समयमा विश्वकै उत्कृष्ट देशहरु मध्येको मोडलको रुपमा विकास भएको उक्त देशको देश विकास लगायत सम सामयिक विषयमा तथा पछिल्लो समयमा नेपाली विद्यार्थीहरु अध्ययन गर्न गएको देश अष्ट्रेलियाको अवस्था र विकास वारेमा सम्बन्धित निकायहरुसँग छलफल गरिने तथा आवश्यक सिकाई लिएर सरकारबाट आवश्यक सुधारको कार्यहरु थालनी गर्नको लागी यो भ्रमण सिकाईको रुपमा हुने माननीय राईले बताउनु भयो ।

करिब दुई हप्ताको भ्रमण नेपाली राजदुतावासहरुका प्रतिनीधिहरु, नेपाली सामाजिक संगठनहरु, एनआरऐन लगायत प्रतिनीधिहरुसँग समयसापेक्षगत विषहरुमा छलफल भएको मा. राईले बताउनु भयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्