Logo

चौकाबाट छक्का हान्दै टोल कमिटी


– मिना वाम्बुले

हलेसी तुवाचुङ नगर कमिटीको टोल कमिटी गठन वडा नं.७, ५ र ९ मा तिब्र रुपमा अगाडी बढी रहेको अवस्थामा वडा नं.१ बाहुनीडाँडामा अझ तिब्र गतिमा साविक वडाहरुमा गठन भइरहेको जिल्ला कमिटी सदस्य उदय राईले बताए ।

साविक वडाहरु ५ मा १९ सदस्य, ६ मा १६ र वडा नं.४ मा १५ सदस्य टोल कमिटी गठन गरिएको नेकपा वडा नं.१ अध्यक्ष एलबी किरातीले बताए । कम्युनिष्ट पार्टीहरुको एकताले बाहुनीडाँडामा पुराना स्थानिय नेता तथा वृद्धाहरुमा उत्साह जागेको र यसले आगामी परिणाम निश्चित रुपमा सफल हुने आत्मविश्वास भएको किरातीले बताउनु भयो ।

स्थानिय एकल र वृद्धा महिलाहरु तथा पाकाहरुले कम्युनिष्ट सरकारले वृद्धा भत्ता, एकल भत्ता दिन सुरु गरेको र यस पटक थप आधा वृद्धि गरेको हुनाले अझ यस एकताले कम्युनिष्ट सरकारले देश विकास गर्दै वृद्धाहरुलाई स्यार सुसार गर्छ वा सरकारले जिम्मा लिओस भन्ने आफ्नो चाहना रहेको वृद्धाहरुको व्यक्त गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्