Logo

हुमन राइट्सवाचको आरोपःकाश्मीरमा मानवअधिकार उल्लंघन भएको भन्दै फोन र इन्टरनेट खोल्न आग्रह


नयाँ दिल्ली । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था हुमन राइट्स वाचले भारतको जम्मु काश्मीर क्षेत्रमा इन्टरनेट अवरुद्ध गर्नुका साथै टेलिफोन समेत अवरोध गरेर सरकारले मानव अधिकारको व्यापक रुपमा उल्लंघन गरिरहेको जनाएको छ ।

वाचले जारी गरेको वक्तव्यमा अगस्ट ५ तारेख देखि स्थानीय जनतालाई सूचना ठप्प पारिएको जनाउँदै त्यहाँका जनता संवाद गर्नबाट बञ्चित भएको जनाएको छ । यस्तै, सर्ब साधारणलाई चिकित्सा सुविद्यामा पनि मुश्किल भएको र स्थानीय अर्थ व्यवस्था पनि संकटमा परेको जनाइएको छ । सरकारले सञ्चार सम्पर्क चालु राखेको भए भ्रम नफैलिने भएपनि त्यता तिर ध्यान नदिएको जनाइएको छ ।

हुमन राइट्स वाचले मानव अधिकारको अन्तर्राष्ट्रिय कानुन अनुसार काश्मीरमा मानिसको मौलिक हकमा व्यापक , अव्यवस्थित र अनिश्चित प्रतिबन्धको अवस्था रहेको जनाइएको छ ।  हुमन राइट्स वाचका दक्षिण एशिया निर्देशक मीनाक्षी गांगुलीले फोन र इन्टरनेट बन्द भएका कारण काश्मीरका मानिसले अप्ठेरो महसुस गर्नु परेकोले त्यो प्रतिबन्ध हटाउन माग गरेकी छन् ।  (बीबीसी)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्