नेकालाई नगरमा ल्किनस्वीप गर्न टोल टोल कमिटी गठन

– सृजना राई
कम्युनिष्ट पार्टीहरुमा एकता नहुँदाको अवसरलाई छक्का दाउ पार्र्दैै हलेसी तुवाचुङ नगरपालीकामा नेपाली कांग्रेसले वहुमत ल्यायो । ८० प्रतिशत जनताहरु कम्युनिष्ट हुँदाहुँदै छक्का दाउ पार्नु आफैमा सौभाग्य हो । तर यसलाई नेपाली कांग्रेसले हो न हो जनताहरुले जिताएको ठानेका छन् । तर के थाहा छैन भने कम्युनिष्ट पार्टीहरु एकता नहँदा तीनै जनताहरुले पार्टीलाई चेतावनी स्वरुप भोट गलत ठाउँमा प्रयोग गरेका थिए । तर अब ती दिनहरु गए ।
कम्युनिष्ट पार्टीहरु एकता भए । अब खोटाङ जिल्ला प्रदेश १ को दोस्रो धनकुटा जिल्ला हुँदै छ । जहाँ स्थानिय तहको चुनावमा कम्युनिष्ट पार्टीले अरुलाई क्लिनस्वीप नै गरेका थिए । यसकारण हलेसी तुवाचुङ नगरमा नेपाली कांग्रेसलाई क्लिनस्वीप गर्न हरेक साविक वडाहरुको गाउँ गाउँहरुमा टोल र सेल कमिटी गठन जनताहरुले स्फुर्तमा गरेका वडा नं.५ का पार्टी अध्यक्ष प्रदिप राईले बताए । यही क्रममा साविक वडा नं.५ दुर्छिममा अतिराज राईको अध्यक्षतामा ३३ सदस्य टोल कमिटी गठन गरिएको सचिवालय सदस्य खडेन्द्र राईले बताए ।
जनता नै वलवान भएको हुनाले तथा हलेसी क्षेत्र भौगोलिक रुपमा विकट भएको कारण नै पुन पंचायत शासन अब नदोहोरिने स्थानिय वल बहादुर राईले बताए । आफ्नो तागतले छक्का दाउ हानेको भन्दा पनि कैले काँही विपक्षले गोल पोष्टमा गोल हान्न नसके पनि वल आफ्नै पक्षले पनि आफ्नो गोलपोष्टमा गोल गर्दा विपक्षले विजय हुने नियम भएजस्तै नेपाली कांग्रेसले नगरमा चुनाव जितेको होइन कम्युनिष्ट पार्टीहरुले आफ्नो गोल पोष्टमा आफै हानेकाले निर्वाचन समितिले बाध्य भएर विजय घोषणा गर्नु परेको संघर्ष किरातीले बताउनु भयो ।