अब नेपाल इन्भेस्टमेन्ट बैंकबाट पनि अनलाइन भुक्तानी सेवा सन्चालन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि कनेक्ट आइ पी एस इ पेमेन्ट प्रणालीमा आवद्ध गराइ कारोबार सञ्चालनमा ल्याएको छ ।
अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणाली मार्फत सिधै आफ्नो बैंक खाताबाट विभिन्न अनलाइन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् । बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएकोमा अब यो सेवा पनि थप गरिएको बैंकले जनाएको छ ।
यसबाट बैंकलाई आफ्ना ग्राहकहरुलाई वैकल्पिक डिजिटल च्यानलहरु प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ जसको माध्यमबाट ग्राहकहरले अनलाइन फण्ड ट्रान्सफर, ई–कमर्शको भुक्तानी, क्रेडिट कार्ड–बिल भुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा फण्ड भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानी र अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सक्नेछन् ।