नेपाली साङ्गितिक आकाशमा उदाएका चर्चित गायक रुप कुमार राई र गायिका राधा राईको अन्तरबार्ता (भिडियो सहित)
शान्ती शङ्घर्ष
काठमाण्डौ- चर्चित गायक रुप कुमार राई र गायिका राधा राई दुबै खोटाङ जिल्लामा जन्मिएर काठमाण्डौमा कर्म भुमी बनाउदै नेपाली साङ्गितिक आकाशमा उदाएका छन ।
लामो समय देखि नेपाली गित संगीतमा आबद्द हुदै आएक गायक हुन् रुप कुमार राई । नेपाली गित संगीतको बजारमा गायक राईले २०५९ सालमा आफ्नो पहिलो एल्बम मनको देउराली त्यस्तै गरि २०६१ सालमा दोस्रो एल्बम साक्षी २०६४ सालमा तेस्रो एल्बम सामिप्य अनि २०६८ सालमा चौथो एल्बम राम साईलि त्यस्तै २०७१ सालमा पाचौ एल्बम , छट्टौ एल्बम २०७३ मा आएर एल्बम रुप ल्याएर आएका छन् । उनका ‘सोप्निल छायाले..,’ ‘तिम्रो मन मा के छ…,’ ‘राम साईली…,’ ‘गुन्द्रु किनामा’ आदि लगायतका एकदमै चर्चित गित रहेका छन् ।
ललित कला क्याम्पसमा संगीत विषय लिएर डिग्री अध्ययन गरेकी राधा राईले डाक्टर किराँतको संगीत र भूपाल राईको शब्दमा “ खोपी राखुँला है तिम्रो नाम दर्शन ढुंगामा” नेपाल लगायत बृटेन, आयरलण्ड, जर्मनी, अमेरिका र क्यानडा लगायतका राष्ट्रहरुबाट प्राप्त करीब १०० नेपाली गीतहरु पछी पार्दै राधा राईले सर्वोत्कृष्ट अवार्ड पाउदै चर्चित भएकी थिईन । त्यस पछी दर्जनौ गित संगीतामा स्वर दिनु भएको गायिका हुन, राधा राई ।
गायक तथा गायिकाले बिभिन्न राष्ट्रीय तथा अन्तरष्ट्रीय अवार्ड समेत पाएका छन । लोक, आधुनिक र चलचित्र लगायत सयौ गितहरु गाएका छन । उहाहरुसँग हाम्रो मिडियबाट लिएको अन्तरबार्ता लिएको छौ । तलको लिन क्लिक गरी हेर्नुस ।