Logo

मार्क्सवादलाई पोलेर त्यसको खरानी घसी जातीय राज्य बनाउन बाबुराम भट्टराई सक्रिय-नेता भीम रावल


कैलाली– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता भीम रावलले मार्क्सवादलाई पोलेर त्यसको खरानी घसी जातीय राज्य बनाउन बाबुराम भट्टराई सक्रिय रहेको आरोप लगाएका छन ।

बुधबार कैलालीको सदरमुकाम धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले डा. बाबुराम भट्टराईले टीकापुरमै आएर फेरि जातीय राज्य निर्माणका लागि आन्दो%लन चर्काउन लगाउनु विख%ण्डन-कारी काम भएको आरोप लगाएका हुन्।

नेकपा स्थायी कमिटी सदस्य रावलले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको बताएका छन् । फरक प्रसंगमा नेता रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षा र कानूनका दृष्टिले गलत भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री आफैँले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गए पनि विदेशबाट आफैं मन्त्रिपरिषद बैठक चलाउनु जरुरी नभएको र यो काम आफैंमा विवादास्पद भएको बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्