साहित्य श्री पत्रिका लोकार्पण तथा साहित्यक स्रष्टाहरुलाई सम्मान (भिडियो सहित)

Breaking News कला/साहित्य

काठमाण्डौं । नोबेल साकोस साहित्य संस्थाले आफ्नो ६६ औ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । पुरानो बानेश्वर स्थित रत्न राज्य लक्ष्मी पुस्तकालयमा शनिबार सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा साहित्यिक गोष्ठी,रचना वाचन,सम्मान तथा साहित्य श्र्री पत्रिकाको लोकार्पण गरिएका थिए । भव्य रुपमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष स्वरस्वती गौतम,सभापति,

प्रमुख अतिथि ः प्रा डा गार्गी शर्मा अतिथिहरू ः युवराज मैनाली (संरक्षक) ः हरिभक्त सिग्देल पुष्प रञ्जीत , तिलक लुइँटेल, वेदमणी घिमिरे, चेतनाथ धमला , थरेन्द्र बराल, पूण्य गौतम विश्वास, राजु पुडासैनी, प्रेम वली ढक्लपुरे, डा वासुदेव काफ्ले, प्रियमपदा काफ्ले, पशुपती गुरुङ, निर्मलरमण पराजुली, सुशीला ढकाल अधिकारी लगायत का साहित्यक पारखी मनहरुले कार्यक्रमको शोभा बढाएका थिए ।

कार्यक्रममा ६७ जना साहित्यिक स्रष्टाहरुले रचना वाचन गरेका थिए । प्रमुख अतिथि,अतिथिहरु तथा रचना वाचक सबै स्रष्टाहरुलाई शारदा खड्का र सुजता पुलामी मगरले माला,खदा अर्पण गरि सम्मान तथा स्वागत गरेका थिए । पानसमा दीप प्रज्वलन गरी राष्ट्रिय गानको धुनसँगै कार्यक्रमलाई उदघाटन गरिएका थिए । उदघाटन पछि संस्थाका संरक्षक पुष्प रञ्जीतले उपस्थित सबैलाई धन्याबाद व्यक्त गर्दै स्वागत मन्तव्य दिएका थिए ।

संस्थाका सचिव सुशीला ढकाल अधिकारी ‘ साहित्य श्री–साहित्यिक पत्रिका लोकार्पण सम्पादक ः सुशीला ढकाल अधिकारी ’ प्र।संरक्षक ः विष्णु पोखरेल संरक्षक ः राजन प्र। न्यौपाने ‘श्रीयम’ संरक्षक ः सरस्वती गौतम ‘समृद्धि’ लगायतले सम्पादकीय मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा अध्यक्ष स्वरस्वती गौतमले निन्तर रुपमा संस्थाले हरेक महिना यस्ता साहित्यक कार्यक्रम गर्दै आएको जानकारी दिनु भयो ।

सबैको अपार माया र सहयोगको कारणले नै आज यो संस्था यहाँ सम्म आई पुगेको बताउदै सबैलाई धन्यबाद दिइन् । नोबेल सहकारी संस्थाले सञ्चालन गर्दै आएको यो साहित्य संस्थालाई ६६ औ पटकको कार्यक्रम पछि भने छुट्टै र बिशुद्ध साहित्य प्रतिष्ठानको रुपमा छुटाएर स्थापना गर्न लागिएको संरक्षक राजन प्रसाद न्योपानेले बताए । कार्यक्रमलाई पनि न्योपानेले नै आकर्षक ढङगबाट सञ्चालन गरेका थिए ।

चेतनाथ धमला, प्रेमपदा काफ्ले, पशुपति गुरुङ, वेदमणि घिमिरे, भुवन सिवाकोटि प्रमुख अतिथि गार्गी शर्मा लगायतले पनि मन्तव्य राखेका थिए । साहित्यक स्रष्टाहरु धरणीधर गुरागाँई,निर्मल रमण पराजुली,राजेन्द्र बज्राचार्य लगायतलाई प्रमाणपत्र तथा नगद सहिद पुरस्कृत र सम्मान गरिएका थिए । सो कार्यक्रमको अवसरमा संस्थाले आफ्नो नयाँ कार्य समिति पनि गठन गरिएको थियो ।

संस्थाको नयाँ कार्यसमिति अन्तरगत संरक्षकको रुपमा –हरिभक्त सिग्देल “महेश” –युवराज मैनाली –पुष्प रञ्जित संस्थापक÷संयोजकः –राजन प्र। न्यौपाने “श्रीयम” सल्लाहकार ः –शान्ता मानवी –चण्डी प्र श्रेष्ठ –दामोदर पुडासैनी –छवि वैरागी घिमिरे कार्यसमितिका पदापधकारीहरू–२०७६ अध्यक्ष ः –सरस्वती गौतम“समृद्धि” उपाध्यक्ष ः –विक्रम श्रेष्ठ “सागर”

महासचिव ः –राजन प्र। न्यौपाने “श्रीयम” सचिव ः –सुशीला ढकाल अधिकारी“श्री” कोषाध्यक्ष ः –सुजता पुलामी सदस्यहरु ः –मोक्ष प्र। दुलाल –पवन कु। बुढाथोकी –रोहित कार्की –कल्याण कुमार बस्न्यात –सीता अधिकारी –विद्या अनामिका तिवारी –सूर्य ब। तामाङ –मिना श्रेष्ठ “सवि” आदि चयन भएका थिए ।