Logo

कम्युनिष्ट पार्टीको इतिहास मै संगठन विस्तार ऐतिहासिक


– मान्सुङ चाम्लिङ

कम्युनिष्ट पार्टीको जन्म विस २००६ मा भएपश्चात धेरै पटक टुटेफुटे । धेरै पटक म्युनिष्ट पार्टीहरुको जन्म पनि भयो । तर इतिहासमा चाहेर पनि संगठन विस्तार असार, श्रावण र भाद्र महिनामा अहिले अवस्था जस्तो नभएको पूर्व गाविस अध्यक्ष कवेर राईले बताए । चाहे विस २००६ सालमा होस वा २०१२, २०३६, २०५२ सालमा कहिले पनि अहिलेको जस्तो रफ्तारमा नभएको हलेसी तुवाचुङ नगर वडा नं.५ का जनप्रतिनीधि निर्वाचित सदस्य ७६ वर्षे हर्कराज राईले बताउनु भयो ।

वर्षाको समयमा तथा दिन रात केही नभनी टोल टोल तथा सेल कमिटी तिब्र रुपमा अगाडी बढी रहेको सचिवालय सदस्य आमोद राईले बताए । नेकपा टोल कमिटी गठन गर्ने सिलसिलामा साविक वडा नं.१ साल्तेम्मा २१ सदस्य टोल कमिटी गठन गरिएको नगर कटिमी सदस्य तामन राईले बताए ।

हरेक गाउँ गाउँहरुमा जनलहर ऐतिहासिक रुपमा आएको हुनाले विगतमा रुख, छाता र मसालमा भोट हालेका सबै जनताहरु अहिले आफै स्फुर्त रुपमा नेकपाको टोल र सेल कमिटी रहनु भएको वडा नंं.५ पार्टी अध्यक्ष प्रदिप राईले बताउनु भयो । खासगरी हालको नगरप्रमुखको पार्टीगत आस्थाको आधारमा विकास परियोजना बाँडिएको, आस्थाको आधारमा उपभोक्ता समितिहरुलाई व्यवहार गरिएको, गाउँमा परेको विकासको बजेटहरु अन्तै सारिएको, नगरको विगतको बजेटहरु हालसम्म पादर्शि नगरिएको हुनाले जनताहरु व्यापक रुपमा नगर प्रमुख र नेपाली कांग्रेस पार्टी प्रति निरासा छाएको स्थानिय पुर्खा चक्र बहादुर राई र खड्ग बहादुर राईले बताए । दिन दुईगुणा रात चौगुणा टोल र सेल कमिटी हलेसी नगरमा गरिरहेको नगर सदस्य बाबुराम राईले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्